Skip to content


फलाम होइन मेरो माया खिया लागी जाने
कागज होइन मेरो मायाँ बतासले लाने
दरो गरी छाती भित्र छोपी राखेको छु
तिमीलाई दिन भनि बोकी राखेको छु
झट्टै आउ है माया !!!
कुरी बसुँला
डाँडा काटी नजाऊ माया सँगै हाँसुला

काँच जस्तो होइन माँया प्याट्ट फुटने
ढुंगा माटो होइन माया बाडी पैरो जाने
कति बसुँ पर्खिएर छिट्टै आउ है
कागजको झटारोले हान्दै गर है
जून जस्तो हैन माया घट्दै सानु हुने
तारा जस्तो चम्कि चम्कि बस्छ मेरो माया
झट्टै आउ है माया……..
डाँडा काटी नजाऊ माया सँगै बसुँला
सँगै बसुँला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *