Skip to content

टीका मिलन

नेपाल डुब्नेभयो – २

राष्ट्रै बन्छ भनेर हेर जनले राजतन्त्र नै फाल्दिए
छाडा तन्त्र चले सधैँ मुलुकमा लोक तन्त्रको सार के !
धोकाभो किन सम्बिधान नबनी के कामले अल्झियो ?
यस्तै चाल रहे कुनै समयमा नेपाल डुब्ने भयो

यस्तै हुन्छ भने अशान्ति जनमा, कैल्यै नराम्रो नहोस् !
राष्ट्रै बन्छ भने अखण्ड रुपले सत्भावना फैलियोस्
राज्यैले गरने सुसासन यहाँ खस्कि तलै भासियो
यस्तै चाल रहे कुनै समयमा नेपाल डुब्ने भयो

चेलीको बिलाप

बिदेशैमा आई कतिदुख भयो छैन गणना
पिरैपिर्को भारी दुख जति सबै बस्छ मनमा
दिनैरात उस्तैछन् नियमित सधै काम गरने
सधैँ एकैनासे उदर पनि कैल्यै नभरने | १

नेपाल डुब्नेभयो – १

सत्ताको भुमरी तिरै डुबिगयौ नेता अहो ! बेसरी
काहाँ बाट झरी, पुगेर दरबार बाटो लियौ के गरी ?
धोतीबाट टुपी चढेर अहिले जुम्रो बडो भैगयो
यस्तै चाल रहे कुनै समयमा नेपाल डुब्ने भयो

तिम्रो बास कहाँ थियो अघि ? तिमी पुग्यौ कसोरी त्यहाँ ?
यत्रो बिघ्न कहाँ भयो ? र धनको लेखो लगाउ यहाँ
तिम्रो भाग्य थियो; थिएन अरुको, दुर्भाग्य नै ब्यप्त भो
यस्तै चाल रहे कुनै समयमा नेपाल डुब्ने भयो

नीतिका कुरा

लोभी धेरभयो सधैँ यदि भने, दोषी ऊ आफैँ भयो
चुक्ली गर्दछ जो कुनै नर भने पापी स्वयम् भैगयो
बस्ने हो सब सत्यमा यदिभने ब्यर्थै तपस्या किन ?
चोखो चित्त भए यसै भुवनमा तिर्थै सरी छन् जन

बिचरा

शत्रु आफ्नै घर वरिपरी हेर फैलिरहेछन्
ब्याधी आफ्नै तन वरिपरी हेर तैरिरहेछन्
खाना नाना अरु पनि अभाबै छ जम्मै समान
छाना छैनन् कति दुखसही बस्तछन् ती तमाम

शिक्षा दिक्षा उनिहरु सबै देखि टाढा भएछ
भिक्षा माग्दै निरिह कसरी हेर तड्पीरहेछ
औषधीको खुरक तिनले देख्न सम्मन् नपाई
बोक्सी लागी बिचर तिनका बच्चा लान्छन्छिनाई

कोशीको सुनामी

फुटो कोशी ऐले सकल जनमा त्रास भरियो
लियो यस्ले सातो बगर बनियो गाउँ सब यो
कठै खेती पाती पशु धन सबै लाखन गए
हरे देख्ता देख्तै नजर भरमै सागर भए ।१।

बगे गाई भैँसी बगर हुन गैगो जमिन यो
जमे सातै कोशी अभर परिगो द्वार थुनियो
थियो कच्चा माटो बगर बलुवाको दिन दिनै
कठै भत्क्यो बाँधै बिपत परिगो एक छिनमै ।२।

लेखेनौ किन संविधान ?

नेपाली जनको बिशाल दिलमा, के चोट दिन्छौ तिमी ?
तिम्रो मस्तकमा छ के ? भनअझै, के सोच्न लाग्यौ तिमी ?
आफ्नो काम अझै भएन कि पुरा ? के गर्नु पर्ने थियो ?
लेख्तैनौ किन सम्बिधान? कसरी, के कामले अल्झियो ?

देशै बन्छ भनेर ढुक्क मनले, भोटै दिएका थियौँ ।
जन्ताको नव सम्बिधान रचने, आशा भरोसा लियौँ ।।
कुर्सीको भुमरी चलेर कसरी, कुन्बृत्तमा बज्रियो ?
लेख्तैनौ किन सम्बिधान ? कसरी के कामले अल्झियो ?

होस गर है !

तिम्रो त्यो सोह्र शृंगार देख्दा
कसको मन चन्चल नहोला र ?
तिमीले दलेका अनेक गन्धहरू
हावामा हर्हराउँदा
कतै;
मानव सभ्यताको इतिहासलाई
उपहास गर्दै
तिम्रो अतित्वलाई गिल्ला नगर्ला र ?

भालुलाई बन्दुक

एउटा असल मान्छे थियो
सबैलाई सहयोग गर्थ्यो
पछिसम्म काम लाग्छ कि भनेर
चुनाव जिताइयो !
ऊ त ;
शहरिया भयो
गाऊँ बिर्सियो;
आज हामीलाई पछुतो भएको छ

केही गीत केही कविता

एकलै कोठामा बस्ता पनि
मेरो मन सिथिल भैदिन्छ
कोलाहलदेखि टाढै रहँदा पनि
कानभरि अनेक शब्द गुञ्जिदिन्छ
सुन्छु ; अनि तिनै अस्पष्ट आवाजहरू
भन्दैछन्; तँलाई कुट्छु;
भन्छन् कोही मार्छु
जुत्ताको माला लगाई दिन्छु

मान्छे र आकाशको दुरी

आकाशका जून र घाम
निरास भए जस्ता
ताराहरू; बिहानीको सिरेटो सँगै हराउँदा
संसार नौलो जस्तो
मेरो देशको मान चित्रले
मलाई नै गिज्याए जस्तो
मलाई सगरमाथाले भन्दैछ,
खबरदार ! खबरदार !!

जँड्याहा

राति आउँछ ढुन्मुनिदै
छाती ठोकी भाषण गर्छ
गस्ती हिँड्छ; कर्फ्यु लाग्छ
जँड्याहाको मस्ती हुन्छ

सज्जन मान्छे भेट्यो भने
पुलिस दाइले छाड्ने छैन
जँड्याहालाई कहिले पनि
कुनै चिजले छेक्ने होइन
धम्कि दिन्छ, तँलाई मार्छु

दिङला

बर्षौपछि तिम्रो दर्शनार्थ उपस्थित भएँ
दिङ्ला ! तिमी त अर्कै भएछौ;
तिम्रो सुन्दरता लोप भएछ
चञ्चलता समाप्त भएछ
प्रकृतिको सुन्दर उपहार देख्थेँ; तिमीलाई
थोत्रो बाकस जस्तो देखेँ
त्यहाँ खियालागेको देखेँ