Skip to content

टीका मिलन

भानुभक्त

भानु हुन्छौ मनै भित्र नेपलीपनका धनी
भषा मात्रै सिकाएनौ सिकायौ गीतका ध्वनी

          तिम्रो गीत सधैँ प्यारो नेपाली मुटु गाँसियो
          रामगाथा पढे सब्ले नेपालीपन मौलियो

ज्ञानका रुपमा तिम्ले रमायणै कथा दियौ
भाषा हाम्रो यहीनै हो, सबैलाई बराबरी

सभासदै चाहियो

खेतबारी बाँझोराखि गिटी बालुवा रोपे
संबिधान बनाएनन् म्यादै मात्र थपे
कुलो पुरे, बाँध फोरे, पैरख धेरै गरे
फेरि पनि नेताजीले नयाँ दौरा फेरे

लुटिल्याऊ भुटी खाऊ, उल्फाका हो धन
बिकासको बजेट जति कहाँ जान्छ भन ?
भोलि फेरि बर्खा लग्दा झरी बादल् पर्दा
संविधान नबन्नेभो त्यै पापीले गर्दा

नयाँ बिरुवा उम्रिन सक्छ

उमेर अलिक ढल्किदै गएको बेला
मनले हरेस खान लागेको बेला
च्वास्स; च्वास्स; कुनै चिजले घोचझैँ लाग्छ
कता कता मुटुमा बिझाए झैँ लाग्छ
न कि कतै देशको पीडाले हो
वा कुनै आफन्तको वियोगले

राष्ट्रको पुकार

नजानु हैत लाहुरे भई कतै बिदेशमा
डटेर पौरखै यहीं गरौं बसी समाजमा
भिडेर नित्य देशमै छ काम यो बिकासको
दिएर चित्त मेलमा सिकेर कार्य बेसको |१|

जताततै छ काम यो, मधेशमा पहाडमा
गरेर खानु पर्छ है लिएर सीप हातमा
किसानको बिकास यो, परिश्रमै निकास हो
मिलेर हिड्नु पर्छ है, सुमार्ग यो बिकासको |२|

बिदेशमा गए कतै, हुदैन है बिवेक पो
बिवेकले स्वदेशमा, सहस्र प्राप्त हुन्छ जो
कि सैन्य राष्ट्रको भई, म देश नै बनाउँछु
कि शान्ति कायमै गरी, म राष्ट्र नै मिलाउँछु |३ |

गरी अठोट आफुले, नताक दुष्टको मुख
दुखी भए सबै जना, हटाउँ है सबै दुख
पुकार राष्ट्रको यही, छ देशमा कठैबरी

मिति नाघेको चिट्ठी

पूर्णरुपले चन्द्रमा लागेको रात; आजै पूर्णिमा परेको कति रमाइलो । हो त, त्यो दिन पनि यस्तै थियो, जुन दिन शारदाको र मेरो प्रथम परिचय भएको दिन । म त्यतिबेला धनकुटामा जागिरे थिएँ । धेरै लामो बाटो हिडेर म थाकेर लखतरान भएको थिएँ, तर पनि मलाई पटक्कै थकाइको महसुस भएको थिएन । साँझ झमक्क परेको बेला म त्यो घरमा बस माग्न पुगेको थिएँ । संजोगबस मलाई त्यही घरमा बास जुरेको । अचम्मै लाग्छ । अहिले पनि झल्झली म शारदालाई देखिरहेको जस्तो भान हुन्छ ।

मृतकलाई संदेश

स्वर्गलोकबाट बिमान आयो धर्तीमा छुनलाई
अब जाऊ मित्र ! बिर्सेर धर्ती, बिरानो हुनलाई
यमको दुत पाइलट बनि आएछ साथमा
नजानु अन्त, सरासर जानु अमर पुरीमा

दिन्छन् रे दुःख यमको राज्य, कडा छ शासन
बैकुण्ठ हुदै स्वर्गलोक जानु, यो शुभकामना
बाटोमा जाँदा सुबिधा छैन, सहनु पर्छ है
पुगेर माथी ऐश्वर्य साथ, खुसीले हाँस है

चाणक्य नीति

सिक्नै पर्दछ जो समग्र जनले सारा सबै ई कुरा ।
बिसै लक्षण हुन् बुझे मनुजले जान्ने र सुन्ने हुँदा ।।
सिक्नै पर्दछ सिंहबाट बकुला देखिन् त एकेक् कुरा।
कौवाको सिकने त पाँच गुण छन् खासै यहाँ के छर ? ।।१।।

तिन्टा गुण् कन सिक्नु यर्दछ गधादेखिन् यहाँ आखिर।
धेरै छन् छ वटा बुझे कुकुरका राम्रा सिके है गुण ।।
कुख्राको पनि हो नि चार गुणयी जानेरबुझ्ने गर ।
यस्तै यी गुण हुन् सबै विषयमा जान्ने यहाँ को छ र ? ।।२।।

पैसा

खोजी पैसा नहिड बटुवा, यो छ आफै नजाती
बाटो हिड्दा अति असजिलो, हेर फर्कि पछाडी
पैसा ठूलो नभन कहिले, हुन्छ है यो बिषालू
हेर्दा झट्टै नजर यसको, लट्ठ पार्ने नसालु

देख्तै पैसा नजरकतिको, तेज आफैँ बडेको
कस्ले धेरै धनबटुलने, आज होडै चलेको
सारा मान्छे नगद बटुली, संग्रहैमा जुटेको
उठ्ने गिरने दमछ यसमै, हेर दाँजेर यस्को

खबर्दार

खबर्दार सुने नेता, देशबिक्रि भयो भने
देशको निम्तिमा फेरी, देशबासी उठेभने

आँधीबेरी चलाएर, सागरै उर्लिए सरी
ताकेर टाउको तिम्रो, हान्नेछन् फेर बेसरी

म र मेरो देश

करोड आत्मा लिएर हातमा, नेपाल यसस्वी
सगरमाथा भएर बस्यो, संसारी तपस्वी
म यहाँ जन्में यो मेरो देश, म आफैं नेपाली
चम्केर सधैं रहन्छन् मेरा, पहाडी हिमाली

बादलको छाया नेपालको मायाँ, लिएर बस्छु म
हरिया, सेता नेपाली पहाड, मुसारी बस्छु म
यो देश मेरो सुसार गरि, बस्तछु खालि म
अँगालो हाली सगरमाथा चुमेर बस्छु म

बैंस फुल्दो रैछ

मन परेको मान्छे पाउँदा, संसार भुल्दो रैछ,
झाँगिएर सबै तिर, बैंस फुल्दो रैछ
नअटाई मनभित्रै, पोखिने पो हो कि
फूल सरि आँगनीमा, रोपिने पो हो कि

मायाँ भए मुटु दिने, साथ मिल्दो रैछ
आपसमा दिल छुने, हात मिल्दो रैछ
आँसु मिल्ने हाँसो मिल्ने, यो बैंसमा जो छ
त्यसै भित्र कति कति, हिरा मोती फल्छ

मुन्टो बटार्ने रे !

कुराकानी नगर्ने रे, मन दुख्ता खेरि
बाटो कुरी नबस्ने रे, रिस उठ्ता खेरि
मन मिल्दा एकै साथ, कति बसेका थ्यौं
अब कतै भेट भए, मुन्टो बटार्ने रे !!

झसङ्ग भै हेर्ने गर्छेउ, आँखा कोर्ख्याऊदै
अब मिलन् हुनेछैन, भन्ने दर्साउंदै
वियोगको बाछिटाले, को को रुझ्छ भरे

TikaMilan

सेतीको सुनामी

सुनामी फैलेको, अझतक यहाँ थेन नि कहीं
भुकम्पैको धक्का, महसुस कतै छैन नि यहीं
भयो कस्तो उल्का, सगर तिर मैलो छ कि अहो !
न भो वर्षा बादल् , किन र कसरी भेल खनियो

बजार खारापानी, वरपर कतै छैन नि बरा
हरे ! सार्दीखोला, बिपत कसरी भो नि ? बिचरा;
बगायो भेलैले, सब बगरका मानिसहरू
यहीं वन्भोज् खान्थे, बगर तिर डुल्थे कति अरु

परदेशीको मन

नरोक मलाई हिडेको बेला दोबाटो कुरेर
नदेखाऊ मलाई नक्कली आँसु हेर्दिन फर्केर
म जन्मेँ यहाँ म हुर्के यहाँ यही माटो प्यारो थ्यो
कमलो मन बिग्रेर ऐले ढुङ्गा झैँ सारो भो