विष्णु राई
जुनी
म दोधारिए“ । जताततै आकाश फैलिएको छ । पानी छ । कालो छाया छ । गन्तव्य देखि“दैन । फगत पानीमाथि लहरि“दैछु । चारै दिशा आ“खा घुमाए“ । र्स्वर्ग देखि“दैन । देवताहरू छैनन् । नर्क छैन । दिन छैन । रात छैन । जीवित प्राणीहरू छैनन् । तथापि मायालाई भेट्न भौ“तारिरह“े । मनभित्र आ“धी चलिरहेछ । र्स्वर्गमा भेट्ने हाम्रो सङ्कल्प थियो । घरजम गर्ने वाचा थियो । यी सबै चाहहरू र्व्यर्थ भए । थकित म कुनै किनाराछेउ उभिए“ । अचानक म आर्श्चर्यमा परे“ । समुद्रको किनारबाट एक अटल पहाड पानीभित्र जून हेरिरहेछ, प्रफुल्लित मुद्रामा पानीका लहर गनिरहेछ । म हतास छु । म हडबडाएको देखेर पहाडले सोध्यो, “तिमी को हौ -”
