Skip to content

म दोधारिए“ । जताततै आकाश फैलिएको छ । पानी छ । कालो छाया छ । गन्तव्य देखि“दैन । फगत पानीमाथि लहरि“दैछु । चारै दिशा आ“खा घुमाए“ । र्स्वर्ग देखि“दैन । देवताहरू छैनन् । नर्क छैन । दिन छैन । रात छैन । जीवित प्राणीहरू छैनन् । तथापि मायालाई भेट्न भौ“तारिरह“े । मनभित्र आ“धी चलिरहेछ । र्स्वर्गमा भेट्ने हाम्रो सङ्कल्प थियो । घरजम गर्ने वाचा थियो । यी सबै चाहहरू र्व्यर्थ भए । थकित म कुनै किनाराछेउ उभिए“ । अचानक म आर्श्चर्यमा परे“ । समुद्रको किनारबाट एक अटल पहाड पानीभित्र जून हेरिरहेछ, प्रफुल्लित मुद्रामा पानीका लहर गनिरहेछ । म हतास छु । म हडबडाएको देखेर पहाडले सोध्यो, “तिमी को हौ -”

“कवि ।”

“कता हि“डेको -”

“मेरो जीवन हरायो । चार महिनाअगाडि यहा“ आएकी छ । म उही मायालाई खोजिरहेछु । उनी मेरो कविताको अमूल्य शर्ीष्ाक हो,” मेरो उत्तरमा हतास थियो ।

“को माया -”

“मेरी प्रेमिका । मानिसको जुनीमा विवाहबन्धनमा रहन अर्समर्थ भयौ“ तर र्स्वर्गमा विवाह गर्ने वाचा थियो । स“गै बस्ने र्सत थियो ।”

“त्यस जूनीमा किन विवाह गरेनौ“ -” फेरि सोध्यो ।

“हामी सामाजिक नियति भोगिरहेछौ“ । मन भए पनि अर्कैस“ग दुवैले जीवन बितायौ“ । सामाजिक दबाबका कारण । हामीले सामाजिक बन्धनलाई च्यात्न सकेनौ“ । पुरातन मानसिकताको मनोवैज्ञानिक छाप सम्भवतः हामीस“ग पनि थियो । त्यसैले परिवर्तनको जोखिम उठाउन सकेनौ“ । दर्ुइ किनार भयौ“ तर प्रेम टुटेन । आ-आफ्नै परिवार थियो तर अदृश्य प्रेमको तरङ्ग उठन छोडेन । यतिका वर्षम्म मन बा“धेर बाच्यौ“ फगत साथी भएर ।”

“त्रि्रो कथा गजब रहेछ । कति वर्षो भयौ -”

“म ७० वर्षपुगे“ । सायद, उनी मभन्दा दर्ुइ वर्षकम हुनर्ुपर्छ । तपाईं को हो -”

“म पहाड ।” उसले उत्तर दियो ।

“मेरी माया देख्नुभयो -”

पहाडले आफ्नो आ“खीभुइ“ उचालेर भन्यो, “तिमी भ्रममा छौ । यहा“ कोही छैन । यो समवेदनाहीन संसार हो । त्रि्रो प्रेमकथा सुनेर गजब लाग्यो । के – मान्छे अझै कुत्सित, सङ्कोचित विद्वतामा छ – त्यसो भए सम्भ्रान्त रवाफको के अर्थ – तिमी धीर रहेछौ । यति लामो प्रेमकथा कसरी त्रि्रो परिवारिक जीवनमा लुकाउन सक्यौ – त्रि्रो धर्ैयता महान् हो । लाग्छ, तिमी असल मान्छे हौ ।”

“तर † बाध्यता नै ठूलो हो । हामी टाढा थिया“ै । अचानक एक भेटबाट पुनः नजिक भएका थियौ“,” मैले भन“े ।

“कहा“ -”

“२० वर्षछि हाम्रो भेट एक कवि गोष्ठीमा भयो । माया लोग्नेस“ग थिइन् । भेटमा हामी दुवै आतङ्कित भयौ“ । झन्डै अ“गालोमा बा“धिया“ै । दुवैका आ“ैलाहरू का“पिरहेका थिए । दुवैका आ“खाहरू आपसमा बोलिरहेका थिए । मायाको मुहारमा प्रेमका तरङ्गहरू उठिरहेका थिए । तर, त्यो सुन्दर चन्द्रमाको अनुहारमा ढल्दै गएका उमेरका पाइलाहरू स्पष्ट देखिन्थ्यो । तर, आ“खाको गहिरो नसालु दह उस्तै थियो । मुस्कान उस्तै थियो । त्यस भेटमा मायालाई के दिउ“m – के दिउ“m भएथ्योे तर मस“ग ढल्दै गएको उमेरबाहेक अरू केही थिएन । किनभने फेरि भेट नहुन पनि सक्थ्यो ।”

“पहिलो भेट कहा“ भएको थियो -” पहाडको अनुहार धमिलो रङले रङ्गियो । सायद उसको चेतन मन सल्बलाउ“दैथ्यो ।

“आजभन्दा ५० वर्षगाडि स“गै अध्ययन गर्ने सहपाठी थिया“ै । पहिलो नजरमा उनीस“ग मेरो मन बस्यो । उनको मस“ग दर्ुभाग्य न मैले प्रेम प्रस्ताव राख्न सके“, न त मायाले सकी । २० वर्षपुनः भेटपछि मात्र खुलेर मनका कुरा प्रारम्भ भएको हो । म लाजले बोल्न सकिन“ । मायाले भने फोनबाट सहजै मनका कुरा राखेकी थिइन् । कतै भेट्ने कुरा भयो । त्यसपछि लगत्तै भेट भयो । पा“च घण्टा रेस्टुरा“मा समय बितायौ“ । हामीस“ग पुरानै उमङ्ग थियो । त्यस भेटमा ।

“त्यसपछि -”

“त्यसपछि । भेट्ने क्रम जारी रह्यो ।”

“होइन । त्यो भेटमा के भयो -”

“तपार्इं के काम गर्नुहुन्छ भनेर सोधिन् ।”

“सडकछाप,” भनेर उत्तर दिएको थिए“ । मैले त्यसरी नै मायालाई सोधेको थिए“ ।

“गृहिणी † समाजसेविका । अन्य के के हो के के । देश-विदेश घुमेकी बताइन् म यही देशमा भौ“तारिएको कुरा बताउ“दा, भेट्नपर्दैन भनेर आ“खा तरेकी थिइन् । मैले अर्काको मान्छेलाई भेटेर दुःख दिने यत्न गरिन भनेर सुनाउ“दा, ठीक हो । तर, अहिले किन भेट्ने प्रयास गरेको त्यसो हो भने – भन्दै मायालु शब्द पोखेकी थिइन् । आफ्नो परिवारका विशेषताहरू निर्धक्क बताइन् । श्रीमान् विद्वान् तर सङ्कुचित भएको सुनाइन् । पुरुष अहम्को कटाक्ष विरोध गरेकी थिइन् । मैले पनि मेरी जीवनसाथीको विषयमा प्रशंसा गरेर खुलस्त सुनाएको थिए“ । त्यसपछि मैले मायाको विवाह प्रसङ्ग सोधेको थिए“ ।

मायाले भनेकी थिइन्, “क्याम्पसबाट र्फकंदा अनेक बहानामा परिचय गर्‍यो । पछि त प्रेमको प्रस्ताव राख्यो । कस्तो आ“टी – राम्रै परिवारको रहेछ । परिवारले अस्वीकार गरेन । मभित्र कता-कता त्यस मान्छेप्रति चाहना बढ्दै आयो । तपाईंको -”

“मेरो फरक छ यो कथाभन्दा । तर, यस चौबाटोसम्म आइपुग्या तपाईंका धारिला मुस्कानले काट्न छोडेन ।”

म रोकिए“ ।

अनि के भयो –

“मेरो व्यथा तपाईंलाई किन – भन्नोस्, मेरी माया यस र्स्वर्गमा कहा“ छे -” मैले हतास स्वरमा भने“ ।

“पहिले भन,” पहाडले डरलाग्दो शब्दमा भन्यो ।

“समय बगेको थाहा भएन । त्यस भेटमा मायाका प्रश्नहरूको जवाफ दिइरहे“ । मेरो उनले । मेरो पाका आ“खाहरू मायाको नीलो समुद्रमा डुबिसकेका थिए । माया एकोहोरो बोलिरहेकी थिइन् । लाग्थ्यो, जिन्दगीमा पहिलोपल्ट रमाइरहेकी छ । मैले मायाको खुसीभित्र अर्को दुनिया“ देखेको थिए“ । तर, समय हाम्रो पक्षमा थिएन । तपाईं नै भन्नोस् – लामो अन्तरालमा आफूले मन पराएको वस्तु पाउ“दा कस्तो अनुभूति हुन्छ -”

पहाड गम्भीर भयो ।

लामो सास तानेर परपर पानीको क्षितिज ठम्यायो ।

तर, पहाड बोलेन ।

मैले भन“े, “समय अनुकूल भेट हुन्थ्यो । तर, धेरैपल्ट चाहेर पनि भेट भएनौ“ । बाक्लो भेट आपै“mलाई बाधक हुनसक्थ्यो । तपार्इंलाई थाहा छ या छैन । हरेक मान्छे कसैस“गको सुषुप्त प्रेमबाट जलिरहेकै हुन्छ । अभिव्यक्त गर्न अर्समर्थ हुन्छ त्यो अर्कै कुरा हो । मायाले तीन वर्षछि भेट्ने प्रस्ताव राखिन् । सम्भवतः मैले बिर्सर्ें नया“ सडकको कुनै रेस्टुरा“ हुनसक्छ । जहा“बाट सहर स्पष्ट देखिन्थ्यो । माया होसियार पाइला चाल्ने महिला थिइन्, त्यसैले सफल छिन् जिन्दगीस“ग । मलाई सोधेकी थिइन्, “मलाई कतिपल्ट सम्झनुहुन्छ -”

“नसम्झेको रात छैन तपार्इंले -”

“अन्यथा फोन गर्थें – यस बूढेसकालमा । त्यसो भए विवाह गरौ“ पहिले नै किन नभनेको – लाटो मान्छे । मैले त आभास दिएकी थिए“ । वास्तवमा नै तपार्इं असल मान्छे हो । साथी हो । यति लामो जीवनको यात्रामा धेरै सामाजिक कार्य समाप्त गर्नुभएको छ ।”

“कसरी म असल -”

“भलाद्मी कारणले,” मायाले भनिन् ।

“प्रस्ताव मैले राखेको भए फरक पर्दैन थियो -”

“थाहा छैन । सहरबाहिरकास“ग डर थियो । गाउ“मा विवाह गरेर नगरेको अभिनय गर्नेहरू प्रशस्त छन् । भएन हाम्रो सामाजिक संरचना पनि फरक थियो । भविष्यको असहज त्रासले तर्सर्ााे । अहिले हामी कति सुन्दर छौ“, यो पनि जीवन हो ।” माया बोल्दाबोल्दै गम्भीर भएकी थिइन् । अनि फेरि भनेकी थिइन्, “यदि हामीस“गै भएको भए हाम्रो सुन्दर आकाश हुने थियो ।”

प्रेम यस्तो हुन्छ र – मायाको अभिव्यक्तिबाट मभित्र तिक्तता आयो । अहिलेसम्म अग्लिएको प्रेमर्-पर्वत निर्रथक लाग्यो । तर, अनायास त्यो तीतोपन मायाको सागरमा हरायो । यस अवस्थासम्म मायाले पुराना यादका पाइलाहरू देखाइरहिन् । मैले पनि एउटा घटनालाई प्रस्तुत गरे“ । उनी आर्श्चर्यले गद्गद् भइन् ।

“एकपल्ट अस्पतालमा तपार्इंलाई फूल लिएर भेट्न आएको थिए“, तर बिरामी नहेरी फर्केको थियो ।”

“किन -” मायाले सोधिन् ।

“परिस्थिति सहज थिएन । त्यसताका त्यो फूल मह“गो थियो मेरा लागि ।”

“त्यो फूल के गर्नुभयो -”

“अस्पतालको कुनै भागमा फालिदिए“ । त्यस समय सम्हालिन मलाई गाह्रो भएथ्यो,” मैले भन“े ।

“ठीक हो । भलाद्मी मान्छे । यस्तै घटनाले सम्झना गाढा भयो । जे भयो-भयो । साथीको जीवनलाई पनि त ख्याल गर्नुपर्‍यो नि होइन – त्यो फूल त्यसबेला मलाई अभिसाप पनि हुनसक्थ्यो । तर, जीवन विचित्र छ कवि । यसैले त मान्छे बा“चेको छ । नया“ उत्साहले सध“ै हि“डिरहन्छ । व्यथा बिर्सर्ेे । समाज गतिशील छ । आज मस“ग के छैन – सबै थोक छ । यो पा“च दशकको उमेरमा अपितु कहिलेकाही“ नियास्रो लाग्छ जिन्दगीमा के नमिलेझै“ लाग्छ कसैको अभावमा ।” मायाले पानीको घुट्को पिउ“दै भनेकी थिइन् । त्यसबेला टेबुलको बत्ती धीमा बलेको थियो ।

“हो । मलाई त्यस्तै याद आउ“छ । मेरो आफ्नो रमाइलो संसार भएर पनि । जबकि त्यस्तो हुन र्व्यर्थ छ,” मैले भन“े ।

“के काम त्यस्तो यादको – जुनीमा स“गै बसौ“ला एकै आकाश तल । तर, भर छैन जीवनको । जे पनि हुनसक्छ । मेरा लागि ढोका खुलै राख्नुहोला ।” मायाको शब्दमा समवेदना थियो । वास्तविकता थियो । ठट्टा थियो । अनन्त फैलिएको मायाको आभास थियो । मैले त्यसलाई सम्हाल्न सकिन“ । फिक्का मेरो हा“सोमा लुकाउने फगत प्रयत्न मात्र गरे“ ।

“त्यसपछि -”

“त्यसपछि । जीवनको अन्त्यसम्म यसरी नै बा“चिरह्या“ै । हाम्रा आफ्नै घरभरि सन्तानहरू थिए । जीवनको अन्तिम वाल्जसम्म हाम्रा आफ्नै जीवनसाथी जोडीहरू थिए । त्यसैमा म रमाएको थिए“ ।”

“किन बोल्दैनौ -”

“किन रोएको तिमी -” पहाडले सोध्यो ।

“सम्झनाले । कहा“ छ र्स्वर्ग – मायालाई भेट्न चाहन्छु । मलाई कृपया सहयोग गर्नोस्, मरेपछि र्स्वर्गमा भेट्ने सङ्कल्प थियो । उनले पनि आज मलाई खोजिरहेकी हुनर्ुपर्छ । यहा“ आएको थाहा हुनसक्छ ।”

“र्स्वर्ग । नर्क कही“ छैन । यो मिथ्या हो । मान्छेलाई सामाजिक मूल्यभित्र ब“ाध्ने नैतिक, काल्पनिक बन्धन हो र्स्वर्ग । अर्को जुनी र्स्वर्गमा पुगिन्छ भनेको भ्रम हो । कोही र्स्वर्गमा जा“दैनन् । नर्कमा झर्दैनन् । असल जुनी भनेको नै असल कर्मबाट आत्मा सुखी भएर जिउनु हो । त्यही हो र्स्वर्ग । त्यो मानवले नै प्राप्त गर्छ । तिमी र्व्यर्थ असफल प्रयास नगर । तिमीले पहिले नै भूल गरिसक्यौ,” पहाडले भन्यो ।

“तपाईं को हो पहिले मजस्तै मान्छे हुनुहुन्थ्यो -”

“थाहा छैन । म पहाड हु“ । म या होइन ।”

“त्यसो भए म को हु“ -” मैले उदास शब्दमा सोधे“ ।

“तिमी पानी हौ । अहिलेसम्म मानव अस्थिरपञ्जरमा कता-कता त्रि्रो पहिलो आवरण खुट्याउन सकिन्छ । अर्को अर्थमा, तिमी धूलाका कण हौ । पानीमाथि तैरिरहेछौ । यहा“ कोही छैनन्, कसैको कसैस“ग सम्बन्ध छैन । कसैले कसैलाई देख्ने कुरै भएन । फगतः यो ठाउ“ मृत छ । निस्सार छ । पानीमा आपै“m बग्दै जान्छौ । एक दिन किनारको एक भाग हुनसक्छौ । त्यहा“ तिमी पहाड भएर उठ्न सक्छौ, अथवा नहुन सक्छौ । त्यो नै सायद त्रि्रो अर्थमा जुनी हुनसक्छ । तिमी भ्रम यात्रामा छौ । अब त तिमी माया यो चार महिनाभित्र माटो या ढुङ्गा, पानी या कुनै वस्तुको आवरणमा परिवर्तन भैसकिन् । असम्भव छ पत्ता लगाउन । कसैको यहा“ आत्मा छैन । तिमी विलाप नगर । अब त्रि्रो शरीर पनि सुस्तरी अर्को स्वरूप ग्रहण गर्दैछ,” पहाडले मेरो देब्रे का“धमा हात राख्दै भन्यो ।

“मायाको गन्धद्वारा थाहा पाउनसक्छु,” म चिच्याए“ ।

“तिमी मर्ूख रहेछौ । मायाले नै संसार बा“चेको छ । तर, यसका निश्चित परिधिहरू छन् । मायाको व्यथा मैले बुझेको छु । वषार्ंर्ैैयो । मध्यरातको समुद्रमा मैले जूनलाई कुरेको । तर, आर्श्चर्य छ । यहा“ आउने सबैले आमा, बाबु, स्वास्नी, छोराछोरी खोज्छन् । तिमी पुरानो

प्रेमिका – कतै तिमी पागल त होइनौ -”

“यसको उत्तर मस“ग छैन । यदि कसैले कसैलाई देख्न अर्समर्थ छ भने मस“ग के आधारमा बोलिरहेका छौ – तिमी मस“ग झूट बोलिरहेका छौ, पहाड,” म गजर्ंर्ेे

“तिमी भ्रम बोलिरहेछौ । म बोलिरहेको छैन । यहा“ सबै अमृत छन् । तिमी पनि स्वयम् अमृत छौ । त्यसैले यहा“ अमृत कुरा गर्दैछौ ।”

त्यसपछि पहाड अदृश्य भयो । अथवा, म उसको आ“खाबाट अदृश्य भए“ । मलाई थाहा भएन । स्मृतिका खोजीमा कालो छायाभित्र बिलाए“ ।

नेपाल साप्ताहिक
अंक १३१

Leave a Reply

Your email address will not be published. Required fields are marked *