तिम्रो सालिक भत्काएर
मेरो सालिक उभ्याएछन्
त्यो बेला तिमी खुसी थियौ
आज म ।
पहिले मेरो पुर्खा मारेर
रगतले
तिम्रो कुर्सीको भोग दियौ
चोकचोकमा विजयका टीका लगाउँदै
जबर्जस्त सालिक उभ्याएर
फूल चढाउने उर्दी गर्यौ
तर आज मैले
कसैलाई भोग चढाउनै परेन
हजारौं चिहानमाथि
निर्माण भएको तिम्रो घर
कसैले भत्काउनै परेन
मेरो सालिक फूलहरूले बनाउँदैछन्
तिम्रोजस्तो उर्दी गर्नै परेन ।
