Skip to content

कृष्ण पाण्डे

हाँस्छे मात्रै

नाम सोध्यो, हाँस्छे मात्रै
गाम सोध्यो, हाँस्छे मात्रै ।।१।।

बेफूर्सदका कुरा गर्छे,
काम सोध्यो, हाँस्छे मात्रै ।।२।।

चोलीसँगै अल्झी आ’को,
खाम सोध्यो, हाँस्छे मात्रै ।।३।।

चोली …

नशालु आँखा झुल्दै गए
दुई मुटु ती फुल्दै गए ||

गोधूँली साँझ टरेपछि
दुबैले सिमा भुल्दै गए ||

जूनले किरण छरेपछि
बदामे ओठ घुल्दै गए ||

उनी नै अघि सरेपछि
हातहरु शिखर डुल्दै गए ||

सूर्यले प्रभात डाक्नु अघि
चोलीका तुना खुल्दै गए ||

…२४ आश्विन, २०६९, विराटनगर

चन्द्रमा …

फूलले बासना घसेपछि
भमरा त्यँही फसेपछि ||

मायाको नशा लागेछ,
गूलाफी काँडाले डसेपछि ||

चोटले अझैं सताउदै छ,
छातीनै छेडी पसेपछि ||

नीरस यात्रा रंगिन्छ कि ?
मनभित्रै उनी बसेपछि ||

कसले भन्छ ? टिप्नै हुन्न,
चन्द्रमा भूँईमै खसेपछि ||

…२७, आश्विन २०६९, विराटनगर