Skip to content

हाँस्छे मात्रै


नाम सोध्यो, हाँस्छे मात्रै
गाम सोध्यो, हाँस्छे मात्रै ।।१।।

बेफूर्सदका कुरा गर्छे,
काम सोध्यो, हाँस्छे मात्रै ।।२।।

चोलीसँगै अल्झी आ’को,
खाम सोध्यो, हाँस्छे मात्रै ।।३।।

दुई मुटु सँगै राख्ने,
ठाम सोध्यो, हाँस्छे मात्रै ।।४।।

ओइली जाने जोवनको,
दाम सोध्यो, हाँस्छे मात्रै ।।५।।

…३१ भाद्र, २०६९, विराटनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *