यसपाला नि दरको चिल्लो खोक्छ्यौ कि त ?
मेरै नाममा तीजको गीत घोक्छ्यौ कि त ?
शिवजीलाई साक्षी राख्दै, भोको पेट
मेरै नाममा पूजा थाली बोक्छ्यौ कि त ?
उनी आफैँ पागल प्रेमी, ढाट्लान, छल्लान
उनको सामु मेरै नाम तोक्छ्यौ कि त ?
भोले बाबा शंका गर्लान, वकिल राखी
मेरै नाममा ल्याप्चे छाप ठोक्छ्यौ कि त ?
शिरको फूल ओइलनु अघि, कसम भाकी
एक्लो यात्रा मेरै लागि रोक्छयौ कि त ?
… २७ भाद्र, २०६९, विराटनगर
