मनसुनको मरुभूमिको फूल कुवेतमा सधै फूलिरहोस
तपाई के गरे खुशी हुनु होला ? यो प्रश्नको जवाफ तपाईंसँग मात्र हुन्छ अनि अलिकति तपाईको जीवन साथीलाई थाहा हुन्छ । तर जीवनसाथीबाट सबै खुशी हुन्छन भन्ने हुदैन । मानिस आफ्नै सन्तानवाट पनि खुशी हुन्छन भन्ने छैन । मानिसको खुशी फरक फरक श्रोतवाट प्राप्त हुन्छ । मानिसका आकांक्षा फरक फरक विधामा अन्तर्निहित हुन्छन । यौवन र यौन सबैका लागि खुशी दिने कुरा हुन नहुन पनि सक्छन । एउटा समय र प्रकृति प्रदत्त कुरा कसैको जीवनमा स्थायी हुन्नन । यसर्थ घर परिवार, आफन्त, सन्तान र बैभव मात्र मानिसको खुशी भर्ने श्रोत होइनन ।
