थोरै समय कुर asmi.gm गजल by asmi.gmJanuary 4, 2013हार हुन्न सत्यताको थोरै समय कुर निश्चितै छ असत्यको पतन विजय कुर हतारको निर्णयले काम बिग्रन सक्छ बिवस्ता यो धैर्यताले थामी हृदय कुर मेटिदैन भाग्य रेखा काटी हातको कैलै जे गर्नु कु-सुकर्मले गर्छ निर्णय कुर
किन आयौ फेरि तिमी asmi.gm गजल by asmi.gmDecember 2, 2012किन आयौ फेरि तिमी लत्याएर गएपछि आँशु छोडी हाँसो सबै हत्याएर लएपछि म कसरी सक्छु र त्यो जीवनमा खुशी भर्न तिमीलाई मेरो मायाँ घोच्ने काँडा भएपछि कयौं रात यसै बिते अघि पनि बिताउँला चाहिंदैन तिम्रो साथ नाना-भाँती कहेपछि
फक्रेको छ जवानी asmi.gm गजल by asmi.gmDecember 1, 2012फक्रेको छ जवानी यो सुवास छर्दै बगानमा जम्मा पार्दै अनगिन्ती अश्रु दाना सिरानमा
झनझन बढ्दै छ! asmi.gm गजल by asmi.gmNovember 29, 2012घट्ला भन्दा हिजो आज झनझन बढ्दै छ हामी बीच खुटा तान्ने प्रचलन बढ्दै छ भनिन्छ याँ चेतनशील प्राणी हो यो मानव हत्या हिँसा हुन्न किन निवारण बढ्दै छ कुल्ची लाखौँ आत्मा कठै देखावटी बाहिर अपमान उफ् बुद्धत्वको प्रबचन बढ्दै छ
आफ्नै छोरी नखर्मौली तन्नेरीलाई यो दोष किन? asmi.gm गजल by asmi.gmNovember 26, 2012आफ्नै छोरी नखर्मौली तन्नेरीलाई यो दोष किन ? जता हावा त्यतै बग्ने जवानमाथि आक्रोश किन ?
पैले मलाई नम्र बन्दै नाम सोध्यो asmi.gm गजल by asmi.gmNovember 26, 20123 Commentsपैले मलाई नम्र बन्दै नाम सोध्यो उस्ले पढाइ कति केछ तिम्रो काम सोध्यो उस्ले गाउँले केटी हेर्दै लाटी सोझी देख्यो क्यारे समिपै आई मैले बस्ने ठाम सोध्यो उस्ले क्षितिज पारी आँखा गाढी मन्द मुस्कानमा तिमी शिशिर या बसन्त याम सोध्यो उस्ले
जसोतसो चलेकै छ साथी asmi.gm गजल by asmi.gmNovember 8, 20124 Commentsजिन्दगी यो जसोतसो चलेकै छ साथी खेल्दै पौंठे जोरी मृत्यु छलेकै छ साथी तिम्रो जस्तो मोजमस्ती नभए नि हाम्रो निभ्या छैन घर्मा चुलो बलेकै छ साथी गरिब छौं के भयो त घोटी दश नंग्रा सुख दुख घर गृहस्थी टलेकै छ साथी