पैले मलाई नम्र बन्दै नाम सोध्यो उस्ले
पढाइ कति केछ तिम्रो काम सोध्यो उस्ले
गाउँले केटी हेर्दै लाटी सोझी देख्यो क्यारे
समिपै आई मैले बस्ने ठाम सोध्यो उस्ले
क्षितिज पारी आँखा गाढी मन्द मुस्कानमा
तिमी शिशिर या बसन्त याम सोध्यो उस्ले
बढाई हात मित्रताको खै किन हो कुन्नि
झुकाई आँखा छर यौटा खाम सोध्यो उस्ले
सालिन थियो आवरण खोलें सत्य तथ्य
गरिबदेखि पिरतीको दाम सोध्यो उस्ले

Wonderful
It’s really very nice. I love it much more 2 read.
Thanks’s for your art
keep it up Asmi G.M.
Sweet ur art .
Sweet ur art .
gajal
Nice gajal,,,,, keep it up @asmi.gm