Skip to content

किन आयौ फेरि तिमी


किन आयौ फेरि तिमी लत्याएर गएपछि
आँशु छोडी हाँसो सबै हत्याएर लएपछि

म कसरी सक्छु र त्यो जीवनमा खुशी भर्न
तिमीलाई मेरो मायाँ घोच्ने काँडा भएपछि

कयौं रात यसै बिते अघि पनि बिताउँला
चाहिंदैन तिम्रो साथ नाना-भाँती कहेपछि

मान्छे नै हौ तिमी पनि बुझ कुरा ए नादानी
भुल्न गाह्रो हुन्छ बिन्ति तिमी आइ रहेपछि

राखेको थें यी आँखामा परेलीले ढाकी मैले
अब कहाँ बस्छौ र खै आँशु बनी बहेपछि

जे नहुनु त्यो भै हाल्यो रैछ मेरै भाग्य कालो
सक्दिन म दिन साथ लाखौ कष्ट सहेपछि

Leave a Reply

Your email address will not be published. Required fields are marked *