Skip to content

आश्मा

परामर्श!

‘प्राप्ति ! आज मेरो डक्टरकोमा जानु छ ल!’ बद्रीले अनुनय साथ हेर्दै भन्छन।

‘ओहो! आज त मलाई वर्कसपको तयारी पो गर्नु छ त। बाहिरबाट मानिस आउन थालेका छन। त्यस्को ब्यावस्था गर्नुछ। सक्ने काम त आपै गर्नुस न!‘ प्राप्तिले ऐना हेर्दै सुस्त तर खस्रो आवाज निकाल्छिन्।

मेरो प्यारो पुरानो वर्ष- म सम्झनेछु तिमीलाई सधै!!

नयाँ वर्ष फेरि उही
उस्तै नयाँ उमंग
रहर अनि आशा!
झुट्टा लाग्छ मलाई
रमिते जस्तो लाग्छ तिम्रो आगमन!
हुन सक्छ यस पटक जस्तै अर्को साल
मैले यो नयाँ वर्षलाई
तिमीलाई असाध्यै सम्झनेछु
उस्तै गरी जसरी अहिले पोहर सालको सम्झिदै छु!

Ashma

बरु पलाँसको फूल मनपर्छ!

ब्यस्त छ सडक बिहानै देखि
एउटा जान्छ फेरी अर्को आउछ
झिसमिसे यो बिहान
कुहिरोले डम्म डाकेको छ
तर प्रवाह रोकिदैन
समय गतिवान छ
ओहो! उज्यालो हुनै आटेछ
अबेर होला फेरि?!!

नरित्तिने रै’छ आँशु

नरित्तिने रै’छ आँशु परेली झनै भिझ्ने रै’छ
मुटु टुक्रा भए पनि धड्कन झनै बढ्ने रै’छ।

बर्षौ अघि आजकै दिन तिम्लाई भेट्न तड्पेकी थे
आँखा भरी रहर साँची तिमीलाई पूजेकी थे
सुम्पिएथें मनभरि तनभरि तिमीलाई
तर अर्को चित्र कोर्यौ च्याती मेरो तस्बिरलाई
नबिर्सने रै’छ त्यो क्षण संझना भै बस्ने रै’छ
मुटु टुक्रा भएपनि धड्कन झनै बढ्ने रै’छ।

आऊ तिमी नयाँ वर्ष!

नयाँ वर्ष
आऊ !
हिजोका तितापलहरु बिर्सेर
हत्केलाभरी भिजेका
रगतका छापहरुलाई मेटाउदै
अञ्जुलीभरि प्रेमको फूल रोपौ !
एकअर्कालाई प्रहार गर्न
तम्सिएका हाम्रा मृत्युवाणहरुलाई
फ्याकेर
आजको यो रातमा
जीवनको लागि हात मिलाऔ!!

धोका

मुटु साटेको
दिएछौ अर्कैलाई
चिरा पो पर्यो!!

तिम्रो उपहार्
सुनको हो भन्थ्यौ त?
खिया पो लाग्यो!!

जीवन यात्रा
उर्लदो सागरमा
डुंङ्गा पो फेर्यौ!!

मेरा स्वतन्त्रताहरु

कस्तो स्वतन्त्रता हो यो मैले पाएको?!
मदहोस छु म
रमाउदै रहरहरुमा
मैले पाएका स्वतन्त्रताहरु
छरपस्ट हुदै पुग्दैछन पर सम्म
बेलगाम दौडदै।

आँखैमा मात लाग्ने, प्रिय रहर याद आयो

आँखैमा मात लाग्ने, प्रिय रहर याद आयो
समाहित हामीदुबै, त्यो प्रहर याद आयो

समर्पित सबै विस्वासमा, शून्य सरी दूरी
संयोजन तृप्ति स्वर्गिय, शहर याद आयो

प्रश्न

मेरो बिहानीका
स्वर्णिम सपनाहरुलाई
तिम्रो पुष्पाञ्जलि भित्र पाउदा,
मेरो गोधूलीका अनगन्ति साँझहरुलाई
तिम्रो शुभकामनाले सार्थक बनाउदा,
हरेक पलहरुमा कोरिएको सिउँदो माथि
तिमीले सिंगै इन्द्रेणी सजाइदिदा,
भाव विभोर भै
चुपचाप मुस्कुराउन मन लाग्छ।