आज पनि तिमी आयौ
खै किन ?
शायद म हडबडाए
सम्हालिन खोज्दा
मैले सोध्न बिर्से।
यी बाटोहरूमा
एक्लै हिडिरहेछु
मानिस हरुको भिडमा
म आफूलाई एक्लो पाउछु
हल्लै हल्लाबिच पनि
स्तब्धता मलाई पच्छ्याउछ
र पनि म हिडिरहेछु
मानौ म हिड्न चाहान्छु
फेरि सोच्छु कतै मेरो हिडाइ
निरर्थक त होइन?
अनायासै
मेरो पाइला रोकिन्छ
एक झोक्का चिसो बतास
मलाई छोएर जान्छ
लाग्छ कोहि मेरो छेउमै
सुमधुर आवाजमा
कानेखुसी गरे जस्तो
“किन रोकिएको?”
म झस्किन्छु
लक्ष मलाइ प्रेरित गरिरहेछ
अनि म फटाफट हिड्छु।।
दिनभरको घोटाई पछि
थकित मेरा पाइला
सुस्ताउन चाहान्छु म
सजिएको रित्तो कोठा
मलाई चिसो अनुभूति हुन्छ
म सोच्न थाल्छु
के छैन यँहा?
के नपाए जस्तो
के नपुगे जस्तो
सुषुप्त मेरा चाहनाहरु
कतै गुम्सिएको जस्तो
भाउन्न हुन्छ मलाई
अनायास मुड्कि बज्रिन्छ टेबलमा
खत्र्याक्क आवाज
फोटो फ्रेम भुइँमा देख्छु
म त्यो हातमा लिन्छु अनि हेर्छु
तिमी मुस्कुराउदै सोधिरहेको
“किन रिसाएको?”
पूर्णताको आभास हुन्छ मलाई
जुरुक्क उठ्छु म झस्किएर
र देख्छु ठिक अगाडी
भित्ताको ऐना मलाई हेर्दै मुस्कुराईरहेको
हत्तेरिका!

wow wonderful!
wow wonderful!
एक्लोपन – चाहना विशेश – अनी
एक्लोपन – चाहना विशेश – अनी अभिव्यत्त अनुभव – राम्रो!
राम्रो भाव छ। एक्लोपनाको
राम्रो भाव छ। एक्लोपनाको अनुभव राम्रोसँग उतार्नुभएको छ।
अथितिजीहरु तथा कुमार धन्यवाद
अथितिजीहरु तथा कुमार धन्यवाद है त मेरो तर्फबाट पनि -:)