Skip to content

मात्र रित्ता हातहरु मलाई गिज्याइरहेछन!


विजुलीका तरंग
पलभरमै बिलाए जस्तो
किन?!
एउटा मधुरो आशा
हृदयको कुनामा सधै सधै बिलाउछ!

अपरिभाषित चाहानाहरु
एकएक गर्दै संगाल्दै
रातको अन्धकारमा
टोलाएर
पुन्ज पुन्ज ताराहरुबिच
त्यस्को प्राप्तीको
मेरो कल्पना
एउटा चम्किलो तारा जस्तै लाग्छ
जो मृगतृष्णा हो
र समिप ल्याउन खोज्दा
मात्र रित्ता हातहरु मलाई गिज्याइरहेछन!

8 thoughts on “मात्र रित्ता हातहरु मलाई गिज्याइरहेछन!”

  1. taranga tyo bijuli ko
    taranga tyo bijuli ko ,prakasha ho jaana,
    maina ko tyo sikha jasto,aafulaai maana,
    rittaa haata haru timraa,dina maatra janchhan,
    dinu nai tyo thulo punaya,dine maatra janchhan.

    chaahana ka paribhasa ,kata khojnu saathi
    sneha ko tyo aachal ma,sabai bhanda maathi,
    tesaile ta muna haru haami fulauchhau
    fula sanga danga pardai,aafu bhulaauchhau,

    [suphi]

    1. ”तरंग त्यो बिजुलीको प्रकाश
      ”तरंग त्यो बिजुलीको प्रकाश हो जान
      मैनको त्यो शिखा जस्तो आफूलाई मान
      रित्ता हातहरु तिम्रा दिन मात्र जान्छन
      दिनु नै त्यो ठुलो पूण्य दिने मात्र जान्छन

      चाहानाका परिभाषा कता खोज्नु साथी
      स्नेहको त्यो आँचलमा सबै भन्दा माथि
      त्यसैले त मुनाहरु हामी फुलाउछौ
      फुलसंग दंग पर्दै आफू भुलाउछौ ”

      सुफी,
      धन्यवाद — यो पक्कै पनि हौसला दिएको होला निकै सकारात्मक!!!- सेक्न खोजी पोल्नेहरु र त्यसैमा फेरि मलहम देखाई विष रोप्नेहरु त भेटिन्छन यत्र तत्र तर ठ्याक्कै मन्मा लागेको कुरा बुझ्ने र मलहम लगाउने कमै हुन्छन– मैले ज्वलन्त सृजना देखे माथिको हजुरको भावहरुमा –अर्को पटक प्रतिकृया नेपाली शब्द मा है त 🙂

      -आश्मा

  2. ”तरंग त्यो बिजुलीको प्रकाश
    ”तरंग त्यो बिजुलीको प्रकाश हो जान
    मैनको त्यो शिखा जस्तो आफूलाई मान
    रित्ता हातहरु तिम्रा दिन मात्र जान्छन
    दिनु नै त्यो ठुलो पूण्य दिने मात्र जान्छन

    चाहानाका परिभाषा कता खोज्नु साथी
    स्नेहको त्यो आँचलमा सबै भन्दा माथि
    त्यसैले त मुनाहरु हामी फुलाउछौ
    फुलसंग दंग पर्दै आफू भुलाउछौ ”

    सुफी,
    धन्यवाद — यो पक्कै पनि हौसला दिएको होला – सेक्न खोजी पोल्नेहरु र त्यसैमा फेरि मलहम देखाई विष रोप्नेहरु त भेटिन्छन यत्र तत्र तर ठ्याक्कै मन्मा लागेको कुरा बुझ्ने र मलहम लगाउने कमै हुन्छन– मैले ज्वलन्त सृजना देखे माथिको हजुरको भावहरुमा –अर्को पटक प्रतिकृया नेपाली शब्द मा है त 🙂

    -आश्मा

  3. एउटा चम्किलो तारा जस्तै
    एउटा चम्किलो तारा जस्तै लाग्छ
    जो मृगतृष्णा हो
    र समिप ल्याउन खोज्दा
    मात्र रित्ता हातहरु मलाई गिज्याइरहेछन!

    राम्रो लाग्यो कविता गध्य व पध्य जे भएपनी लेखाइ मिठो छ। हुनत तपाईं क कविता हरु उत्कृष्ट हुँदाहुँदै पनि abstract हुन्छन धेरै पटक बुझ्न कठिन् भाको छ मलाई । जे भये पनि तपाईं को लेख्ने क्षेमता को बयान नगरि सकिन्न। जीवन लाई हेर्ने द्रिस्तिकोण आफ्नो आफ्नो हुन्छ सबैको तर अलीकती आशावादी हुनेपर्ने होइन र? तपाईंको कवितामा म अलिकती frustration पाउछु। शायद म गलत पनि हुन सक्छु है । अन्यथा भय रिसानी माफ है।।।।

  4. अथिति ज्यु
    एकदम ठिक कुरो

    अथिति ज्यु
    एकदम ठिक कुरो गर्नु भो। कुनै पनि मानिस आशावादी भएन भने शायद जीउनै धौ धौ पर्छ होला। — म त्यति निराशावादी त हैन।तर, साहित्य भन्ने कुरो नै त्यस्तो जुन सुकै रस मा पनि लेख्न रहर लाग्ने –खास त देश काल र परिस्थिति ले पनि मानिसको भावनामा परिवर्तन ल्याउछ क्यारे। धेरै धन्यवाद हौसला पूर्ण सुझाव र इमान्दारीपूर्वक दिएको प्रतिकृयाको लागि । वा वा त छदैछ तर हजुरले दिएको जस्तो प्रतिकृयाले मेरो लेखाई झन निखारिन मद्दत गर्नेछ। मेरो शब्द बुझ्न भएको कठिनाईको लागि माफी मैले नै माग्नु पर्यो–हैन त?!:)

  5. खै आश्माजीले कस्तो बेलाँ
    खै आश्माजीले कस्तो बेलाँ लेख्नु हुन्छ कविता? कस्तोसँ आ’का हुन् भावना?

    जो मृगतृष्णा हो
    र समिप ल्याउन खोज्दा
    मात्र रित्ता हातहरु मलाई गिज्याइरहेछन!

Leave a Reply

Your email address will not be published. Required fields are marked *