मधुवन पौडेल
अमृताकी छोरी
“आमा ! मेरो आई–पड् ल्याप्टप्मा जोडिदिएको हो ?”छोरीको फोन सुन्नासाथ अमृता झसङ्ग भई । दिउँसो तीन बजिसकेको थियो, पाँच बजे त छोरी आइसक्छे ! ऊ हतारहतार छोरीको कोठातिर लागी । बिहान अफिस जाने बेला छोरीले भनेको सम्झी उसले—“आमा म आफैँ अफिसमा आई–पड् चलाउन थालेँ भने त सबैजना त्यसै गर्न थाल्छन् अनि काम केही हुन्न !”
पलायनको पीडा
इस्ट नदीपार िम्यानहटन सहर धपक्क बलेको छ । कहालीलाग्दो लोडसेडिङ् खपेर आएको उसलाई यो झिलीमिली र वैभव्यले अनौठो लागेको मात्र होइन, एउटा बेग्लै अनुभूति पनि भएको छ । तब न सबै जना यहाँ आउन लालायित हुने होलान् ! उसका आँखामा काठमाडौँको अमेरकिी दूतावासअगाडि पाल टाँगेर लाघ्रे हुँदै महिनौँ बिताउने जमातको तस्िबर नाच्न थाल्छन्, “ती डीभी चिट्ठा पीडितहरू !”
भीडमा एक्लो मान्छे
ओहो ! कति भीड ! कहाँबाट आउँछन् मान्छे पनि ! त्यो दिन भोटाहिटीबाट इन्द्रचोक छिचोल्ने बाटो हिँडिनसक्नु थियो । रिक्सा, साइकल, गाडी अनि त्यसमा बाटोका दुवै छेउछाउमा नाङ्ले पसल ! अफिस छुटेर घर फर्केकाहरूको भीड, असनमा तरकारी किन्न जानेको भीड, अन्नपूर्णको स्थानमा बत्ती बाल्न आउनेको भीड, कुनाको पसलवरिपरि त सुत्केरीनिम्ति क्वाटी-वासः किन्नेको भीड अनि फाट्टफुट्ट हूलमूल गर्दै आएका अल्लारे केटाहरूको भीड !
