बिशाल सापकोटा
म सोच्दै छु !
म सोच्दै छु, आफ्नै सरकार बनाउँ,
पापि दुष्टको आँखा नलाग्ने घरबार बनाउँ ।
बा आमासँग मिली गठबन्धन बनाएर,
प्रतिपक्षको पनि समर्थन हुने संस्कार बनाउँ । ।
गृह मन्त्रि उनि, अनि प्रधानमन्त्रि म,
बालुवाटार भन्दा भिन्न, दरबार बनाउँ । ।
स्वाभिमान र स्वतन्त्रताको रक्षा गर्न,
धावा बोल्नेलाई प्रहार गर्ने, तरबार बनाउँ । ।

तिमीले छुटिने प्रस्ताव लिएर आयौ,