Skip to content

उनको प्रस्ताव


तिमीले छुटिने प्रस्ताव लिएर आयौ,
मेरो सर्बोश्व लुटिने प्रस्ताव लिएर आयौ

किन हो तिमीले बिपक्षीले झै गरेको,
प्रतिद्धन्दीहरू जुटिने प्रस्ताव लिएर आयौ

तिम्रो यो अदुर अनि सुक्ष्म बुझाईले गर्दा,
बाचा कसम भुटिने, प्रस्ताव लिएर आयौ

खै कसरी सहमति जनाउ र म,
बिना गल्ती कुटिने प्रस्ताव लिएर आयौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *