Skip to content

सेलकर तामाङ

कहिलेकाहीँ सोच्छु

कहिलेकाहीं सोच्छु म, धेरै धेरै सोच्छु
जीवनको परिभाषा, जताततै खोज्छु

यो मथिंगलमा ख़ुशी, कतै देखिएन
किन लेखिएन बिधि ? मन मनै सोध्छु

नैतिकता र आदर्श, बेच्ने शहरमा
आफैलाई बेच भन्छ, तर मन रोक्छु

नदीको पानी सरी

नदीको पानी सरी, जीवन बगिरहेको छ
हजार चोट सहेर, मुटु दुखिरहेको छ

निभेर गए सबै यहाँ, आशाका दीयोहरू
लुटेर लगे औंसीले, पूर्णिमाका उज्यालोहरू
यी अँधेरी रातहरूमा, आँसु झरिरहेको छ
हजार चोट सहेर, मुटु दुखिरहेको छ

आफ्नो कथा

आफ्नो कथा आफै भित्र,लुकाएर बाँचेको छु
प्रेमको चीनो आँखाबाट,बगाएर बाँचेको छु

हृदयभरी चोटै चोट,ओठभरी मुस्कान बोकी
बाध्यतामा दुनियांलाइ,झुक्काएर बाँचेको छु

फूल देख्दा टोलाउछु,जून देख्दा टोलाउछु
यसरी नै पागल मन,टोलाएर बाँचेको छु

हाँसोख़ुशी दुर भयो,भाग्य खोटो भए पछि
आँसुले नै जीन्दगी यो,नुहाएर बाँचेको छु

आशा अनि भरोसाको,दीयो निभेपछि यहाँ
जीन्दगीको सपनाहरु,तुहाएर बाँचेको छु