कहिलेकाहीं सोच्छु म, धेरै धेरै सोच्छु
जीवनको परिभाषा, जताततै खोज्छु
यो मथिंगलमा ख़ुशी, कतै देखिएन
किन लेखिएन बिधि ? मन मनै सोध्छु
नैतिकता र आदर्श, बेच्ने शहरमा
आफैलाई बेच भन्छ, तर मन रोक्छु
जीवन र जगतको, अटुट यात्रामा
कर्माले जेजे भेटियो, ख़ुशीसाथ भोग्छु
सुन्दर छ ईश्वरको, नासो जीवन यो
मृत्युशैयामा हाँसेर, जीवन नै रोज्छु
