रूस लेखक संघको ‘लेर्मोन्तोभ पदक’ बाट नेपाली साहित्यकरद्वय विभूषित
मास्को, १६ जून २०१४ (सोमवार) – रूसमा आदिकवि भानुभक्त आचार्यको द्विशतवार्षिक समारोहमा भाग लिन मास्को आइरहनुभएका मदन पुरस्कार विजेता नेपालका लब्धप्रतिष्ठ साहित्यकारद्वय श्रीकृष्ण धरावासी तथा श्रीअमर न्यौपानेलाई रूस लेखक संघले रूसका विख्यात कवि एवं गद्यकार मिखाइल लेर्मोन्तोभको नाममा स्थापना गरिएको साहित्यिक सम्मान ‘लेमोन्तोभ पदक’ बाट विभूषित गरिएको छ । यसै साल रूसमा पनि भानुभक्तकै दौंतरी रूसी कविको द्विशतवार्षिक समारोह भव्यताका साथ मनाइँदैछ ।
