प्रेम नेपाली
नपुजेको देवी र देवता
हपक्क गर्मीमा रामप्रसाद र फुलमाया खेतमा चपरी फोड्दै थिए । ज्यानबाट खलखली पसिना वगाउँदै गरेका दुवैलाई घामको कुनै पर्वाह थिएन । हरियो डाँडाको फेदको टारी खेतमा परैदेखि उफ्रदै कान्ला नाघ्दै एउटा किशोर आयो ।
‘बा, आमा आज एसएलसीको रिजल्ट भयो, मैले त डिस्टिङ्गसन ल्याएछु’ स्याँ स्याँ गर्दै उसले मुस्कुराउँदै भन्यो–‘फस्ट डिभिजनभन्दा पनि राम्रो भएछ ।’
‘स्यावास छोरा’ निधारको पसिना पुछ्दै रामप्रसादले खुसी व्यक्त गरे । फुलमाया पनि खुसीले दङ्ग पर्दै भनिन ‘राम्रो गरिस सन्ते, सधै यस्तै गर ।’ वर्षौदेखिको सपना साकार हुँदा रामप्रसाद र फुलमायाले चर्को घाममा शितल महसुस गरे ।
पालो जनताको
१
‘निरकुंश राजतन्त्र मुर्दावाद,
जनआन्दोलन जिन्दावाद
तानाशाही शासन ढाल्छौं ढाल्छौं
जनताको शासन ल्याउछौं ल्याउछौं’
– बर्षायामको नदीजस्तै मानिसहरूको लस्कर गर्जियो । राता झण्डा वोकेका जुलुस चारै दिशावाट वरपाटनमा मिसिए । दश गाउँको सबैभन्दा ठुलो पाटनमा जताहेर्यो उतै मानिस, टेक्ने ठाउँ छैन । ‘ओहो कति धेरै मान्छेहरू हुन, वुढेसकाल लाग्यो यस्तो विचित्र त कहिल्यैपनि देखेको थिइन,’ भीडमा घुच्ची सहदै झण्डा समातेका दीनवन्धुले आश्चर्य माने ‘अँझै चारैतिरवाट मान्छेहरू ओईरिरहेका छन ।
मनेको मन
‘कुकुरी काँ……
कुकुरी काँ…..’
पखेटा फट्कार्दै खोरको भालेले उज्यालोको सन्देश सुनायो ।
मस्तसँग निदाइरहेकी व्यूझिइन । आँखा मिच्दै उठेर हेर्दा मने अँझै निदाइरहेको थियो ।
‘भाइ उठ उज्यालो भइसक्यो, पढनुपर्छ’ उनले घचघचाउदै भनिन ।
दुवै जना उठेर बाहिर निस्किए । विहानीको घाम ताप्दै रुखमा चराहरू चिरविर गदै नाचिरहेका थिए ।
