Skip to content

मीलन एस.डी.

ह्दयको कुना कुना चोटले भरिएकोछ

तिमी नाँया उमगं र उत्साह बोकेर
मेरो जीवनमा आउन खोज्छौ
तर मेरो ह्दयको कुना कुना चोटले भरिएको छ
मलाई तिमीले नया सारर्थीको रुपमा अगांलन खोज्छै
तर मेरा ह्दयका तरगहरु घाईते भएको छ
तिमी मेरो साथ लिएर नया शिखर चढने कल्पना गरिरहेका छौ
तर मेरो कल्पनामा अतितको घाउहरुले घेरेको छ
हो मेरो ह्दयको कुना कुना चोटले भरिएको छ

मैले तिम्रो सदभावलाई आत्मा साथ गरेको छु
तिमीले देखाएको प्रेमीत्वलाई सोच्न थालेको छु
मेरो ह्दयमा घृणा र तिस्कारले भरिएको छ
हो तिमी र तिम्रो नया उमगं संग रमन सक्दिन
मलाई एकलोपन र विरक्ता संग खेल्न मन लागको छ
प्रेम दिदा पाएको आसुसंग नै मित लाउन चाहेको छ

तिमीले देखाएको बाटो हिडदैछु

तिमीले देखाएको वाटोमा म निरन्तर हिडिरहेको छु
कुनै क्षणमा सफलताको विन्दु पाईन्छ कि भनेर
पल पल मृत्युको मुखमा परेर पनि
तिमीलाई स्मरण गर्दै यात्रालाई डोराउने प्रयासमा छु
तिमीले केवल मलाई चिनेका छौ
र त मैले तिमीलाई छोडन सकिएको छैन
तिमीले भनेका हरेक वातलाई ह्दयसाथ गरिरहेको छु
भाविको आपेक्षाले होईन तिमा्रे स्नेहको बलले हिडको छु

सहयोग भन्दा उपदेश दिन चाहने वढि हाम्रो समाजमा
कोही कसैसंग कम देखिन्न
तर तिमी शिर निहुराई शान्तिको सन्देश दियौ
शब्दको प्रहारवाट आत्मको बोध गराएयौ
र त मलाईले तिमीलाई विर्सन नसकिने भएको छु
प्रियत्म भन्दा पनि तिमीलाई साचेको छु

तिम्रो लागि मेरो माँया सस्तो भयो

तिम्रो लागि मेरो माँया आज अति सस्तो भयो
तिमी संगको मिलन हारजितको खेल रह्यो
धनको अगाडी मेरो ह्दयको माँया रितो देखियो
आत्मिक प्रेम भन्दा पनि धनको प्रेम महगो भेटियो

फालिएको कौडी भन्दा पनि आउछ रे काममा
सुर्य पनि मलिन हुन्छ क्यारे हरेक साझमा
निकम्मा देखियो होला म तिम्रो लोभी आँखामा
डुब्यौ जव तिमी लालच र पदको मोहमा

बजारको दर भाउ झै मलाई दामाशाही गरिरहयौ
प्रेमको नाम दिई कुल, पद र प्रतिष्ठालाई तौलिरहयौ
आफुलाई सुन र मलाई नुनको संज्ञा दिईरहयौ
बजारमा सस्तिएर किनेको माया जस्तै पाखा लगाई रहयौ

मलाई तिम्रो नजरमा सस्तीएको नुन जस्तै देख्यौ

आँसु भित्र पौडी खेल्न थालेको छु

तिमी विना मैले आँसु भित्र पौडन थालेको छु
तिमीले छाडेर जादा घरि घरि हासन थालेको छु
एकलो भई चर्किदा ह्दयका घाउ पागल झै हासन थालेको छु
तिमीले छाडे पछि एकलो महसुस गर्न थालेको छु

सगै वात मार्ने हाम्रो त्यो समय धेरै टाढा भईगयो
आफनै ह्दयमा सजाउने रुप पनि पराई वनि गयो
त्यहि दिनहरु सम्झी आखाबाट आँसु बगाउन थालेको छु
त्यही आसु भित्र एकलै पौडी खेल्न थालेको छु

यादको छाल आउछ जव मलाई बगई किनारा लगाउछ
एकाएक आखाहरु तिनै यादको पछी आखा रसाउछ
आखा रसाई खसेको आँसुमा डुवन थालेको छु
त्यही आँसु भित्र एकलै पौडी खेल्न थालेको छु

स्मरणको छापहरु नमेटिने गरि ह्दयमा बसेकोछ

सुन पाईलै पिछे आन्दोलन गर्ने नेताहरु…..

सुन पाईलै पिछे आन्दोलन गर्ने नेताहरु
कहिले काही आफनै आन्दोलनलाई नियालि हेर
कति सडक जाम गरेर आन्दोलन सफल भएको ठान्छौ
कहिले काहि आफनै अनुहार हेर्न जन्ताको घरदैलोमा गए हेर
जन्ताले नै जन्म दिई अनि पहिचान पनि तिम्रो बढायो
चुनाव अघिका गरिएको त्यो बाचाहरु गई एक पटक हेर
कति आमहडतालमा केन्द्रित बन्छौ
कहिले काही बन्दबाट पिडित मजदुरको वेहाल बुझेर हेर

भन्छौ तिमी मैले जन्ताकै निम्ती गरे ,
जन्ताको अधिकारको निम्ति गरीरहे
आफुलाई विलाई जन्ताको हित निम्ति मरिरहे
हो भन्ने एक पटक त्यो वस्तिमा गएर हेर
जस्ले तिमीलाई लोकतन्त्र ल्याउन सहयोग गरेको थिए

मलाई पनि हाँस्न सिकाउ

हे मझेरी तिम्रो शरणमा आउदा
दुखहरु विसाएको छु
शब्दको भावहरु तिमीलाई सुनाउन पाउदा
ह्दयको घाउहरु विर्सदै गएकोछु

मेले मेरै आत्मा अनुभुति लेखिरहदा
सहित्यमय कविताहरु वनाएको छु
एकलो भई ओठहरु सुकिरहदा
तिमीलाई आफनो नजिक पाएको छु

तिम्रो साहित्य भण्डारमा रमाउन पाउदा
ह्दयवाट हासन सिकेको अनुभव पाएको छु
अतितका दुखहरु भुलेर अव
हासनलाई ओठहरु खोलेको छु

ओठहरुलाई अव तिमीले मलाई पनि हाँसन सिकाउ
जिन्दगीको गोरेटोमा अव हिडन सिकाउ
एकलो बनाई छोडेको त्यो दिनलाई भुल्न सिकाउ
ह्दय स्पर्शि साहित्य भण्डार गरि यो मनलाई रमन सिकाउ

मेरो जीवनको त्यो कालो दिन

मेरो जीवनको त्यो कालो दिन
फेरी मेरो मानसपटको स्मरणमा सताउन आएको छ
एउटा चित्तकार वेदनाको अंश वनेर
मेरो ह्दयको ढुकढुकी बढाउन आएको छ

तिनले हात छोडेको दिन
मेरो जीवनवाट टाढा गएको त्यो दिन फेरी आएको छ
मेरो ह्दयमा वज्रपात खसेको त्यो दिन
फेरी मैरै वरपर घुम्न र जिसकाउन आएको छ

आफनै आखाँ अघिवाट सदैवलाई विर्सेको दिन
फेरी मलाई ह्दय जलाउन आएको छ
तिनी अरुको अंगालोमा बाधिएर गएको दिन
फेरी मेरो लागी पिडाको भार बोकर आएको छ

हे त्यो कालो दिन मेरोलागि फर्केर नआउ
विछोडको पल समझाएर अव मलाई नरुवाउ
धेरै तिनको यादमा मैले समय गुमाई सके

मवाट के भुल भयो र ?

हिजो आज मलाई देखेर तर्केर हिडदैछौ
रिसझै करके नजरले मलाई हेर्दैछौ
के भुल भयो र मवाट ?
प्रेमको रस भुलेर, जलनको रसमा डुवेछौ

मैले सच्चा माया तिमीलाई नै दिएको हो
जीवन भरि साथ दिन हातमा हात दिएकै हो
फेरी किन के अपराध भयो र मवाट ?
अरुको सामुने नालायक पात्र बनाउदैछौ

मायाले सुन्दर संसार सजाउन चाहेको थिए
तिमीले हिरामोतीको हार खोज्दैथियौ
गरिव हुनु के भुल नै रैछ र ?
मलाई सदा सदाको लागि भुल्दैछौ

पिरतीलाई सुनचाँदी र हिरामोतीको तराजुमा जोख्दैछौ
सानो ठुलो , जातपात माया र पिरतीमा खोज्दैछौ
सानो हुनु कस्तो पाप हो र ?
पिरतीका रंग मञ्च बनाई एकदो छाडेर जादैछौ