ह्दयको कुना कुना चोटले भरिएकोछ
तिमी नाँया उमगं र उत्साह बोकेर
मेरो जीवनमा आउन खोज्छौ
तर मेरो ह्दयको कुना कुना चोटले भरिएको छ
मलाई तिमीले नया सारर्थीको रुपमा अगांलन खोज्छै
तर मेरा ह्दयका तरगहरु घाईते भएको छ
तिमी मेरो साथ लिएर नया शिखर चढने कल्पना गरिरहेका छौ
तर मेरो कल्पनामा अतितको घाउहरुले घेरेको छ
हो मेरो ह्दयको कुना कुना चोटले भरिएको छ
मैले तिम्रो सदभावलाई आत्मा साथ गरेको छु
तिमीले देखाएको प्रेमीत्वलाई सोच्न थालेको छु
मेरो ह्दयमा घृणा र तिस्कारले भरिएको छ
हो तिमी र तिम्रो नया उमगं संग रमन सक्दिन
मलाई एकलोपन र विरक्ता संग खेल्न मन लागको छ
प्रेम दिदा पाएको आसुसंग नै मित लाउन चाहेको छ
