Skip to content

सुन पाईलै पिछे आन्दोलन गर्ने नेताहरु…..

सुन पाईलै पिछे आन्दोलन गर्ने नेताहरु
कहिले काही आफनै आन्दोलनलाई नियालि हेर
कति सडक जाम गरेर आन्दोलन सफल भएको ठान्छौ
कहिले काहि आफनै अनुहार हेर्न जन्ताको घरदैलोमा गए हेर
जन्ताले नै जन्म दिई अनि पहिचान पनि तिम्रो बढायो
चुनाव अघिका गरिएको त्यो बाचाहरु गई एक पटक हेर
कति आमहडतालमा केन्द्रित बन्छौ
कहिले काही बन्दबाट पिडित मजदुरको वेहाल बुझेर हेर

भन्छौ तिमी मैले जन्ताकै निम्ती गरे ,
जन्ताको अधिकारको निम्ति गरीरहे
आफुलाई विलाई जन्ताको हित निम्ति मरिरहे
हो भन्ने एक पटक त्यो वस्तिमा गएर हेर
जस्ले तिमीलाई लोकतन्त्र ल्याउन सहयोग गरेको थिए
त्यो आगनमा गएर हेर जस्ले तिम्रो देशमा प्रजातन्त्र ल्याउन
नेपाली जननेताहरुलाई शासकवाट लुकाएर लडेको थिए
अनि तिमी जस्ता नेतालाई संरक्षण गरेका थिए

अहिले तिमी केही जान्ने नेता भएका छौ
झुठा र उत्तेजीत भाषा वोल्न जानेका छौ
तिमीले भारत र चिनको लसफस गर्न सिकेकाछौ
तसर्थ मातृभुमी भन्दा छिमेकी प्यारो लाग्न थालेको छ
आफना गाउमा जनप्रतिनिधी विहिन भएको विर्सेका छौ
देशको चल्ने सरचना ब्यबस्थापिका पनि विथोलिएका छौ
आफनै चल्ने ठोस संविधान तिमीसंग अभाव भएको छ
तर तिमी आफै विच आन्दोलन माथी आन्दोलनको योजना थप्दैछौ
आफना कुरा पुरा गराउन शर्तमाथी सर्त लादैछौ

हे देशभक्त नेताहरु हौ भने हेर देशको बास्तविकता
लडने र झगडिने समय अझै छ अहिले हेर सहमति र एकता
देश रहे चाहिन्छ तिम्रो नेतत्व र तिमी बन्छौ नेता
नासिन्छ देशका शक्ति र संरचना तिमीहरु बनिरहे विविधता
फेरी एक पल्ट राज्यको संरचनाहरुलाई मिलेर जन्माउ
नेपालीमनहरुमा नेपालीपनको नया पालुवा जन्माउ
अनि चित्त नबुझे फेरी लडनु त्यही मैदानमा अहिले सहयोगी हात मिलाउ
आन्दोलन मात्र होईन अन्तर संघर्ष गर्ने बानी बसाउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *