हे मझेरी तिम्रो शरणमा आउदा
दुखहरु विसाएको छु
शब्दको भावहरु तिमीलाई सुनाउन पाउदा
ह्दयको घाउहरु विर्सदै गएकोछु
मेले मेरै आत्मा अनुभुति लेखिरहदा
सहित्यमय कविताहरु वनाएको छु
एकलो भई ओठहरु सुकिरहदा
तिमीलाई आफनो नजिक पाएको छु
तिम्रो साहित्य भण्डारमा रमाउन पाउदा
ह्दयवाट हासन सिकेको अनुभव पाएको छु
अतितका दुखहरु भुलेर अव
हासनलाई ओठहरु खोलेको छु
ओठहरुलाई अव तिमीले मलाई पनि हाँसन सिकाउ
जिन्दगीको गोरेटोमा अव हिडन सिकाउ
एकलो बनाई छोडेको त्यो दिनलाई भुल्न सिकाउ
ह्दय स्पर्शि साहित्य भण्डार गरि यो मनलाई रमन सिकाउ
