Skip to content

Ram Chandra Basyal

भएको छ॥

जीवनमा आफ्नैको बढी प्रहार भएको छ॥
त्यसैले त जिन्दगानी नाँगे झार भएको छ ॥

बिषै जस्तै मन्द मन्द पोल्ने रैछ अतीतले ।
यता सधैं अश्रु वर्षा उता वहार भएको छ॥

बन्दैछु

अब म यो देशको समाचार बन्दैछु
देश बचाउने बलियो आधार बन्दैछु

मान्नेले भगवान मूर्तिलाई मान्छन
म आफैं भगवानको अवतार बन्दैछु

प्यारो लाग्छ

दौरा सुरवाल ढाकाटोपी धोती प्यारो लाग्छ
पौरखको आफ्नै कमाई रोटी प्यारो लाग्छ

मेची कोशी सगरमाथा राप्ती, नारायणी
भेरी सेती महाकाली, डोटी प्यारो लाग्छ

तिमीलाई खोजें

जून फुल्दा अधेरिमा तिमीलाई खोजें॥
पारी पाखा पधेरिमा तिमीलाई खोजें ॥

पोखिएर जुन सारा अधेरी त्यो रात्मा।
तिम्रै आगन् मझेरीमा तिमीलाई खोजें॥

भिजाएर केश राशी आँचलमा खस्न।
आंधी अनि बहेरिमा तिमीलाई खोजें॥

लजावती बनि तिमी जुन संग लुक्दा।
सुसेलेर बयलिमा तिमीलाई खोजें ॥

पाप पुण्य खैके गरे तिम्रो आफ्नै हुन।
बिखर्चिका सहेलिमा तिमीलाई खोजें॥