जीवनमा आफ्नैको बढी प्रहार भएको छ॥
त्यसैले त जिन्दगानी नाँगे झार भएको छ ॥
बिषै जस्तै मन्द मन्द पोल्ने रैछ अतीतले ।
यता सधैं अश्रु वर्षा उता वहार भएको छ॥
लठ्याएर कायल पार्छन बहुपासमा कठै।
तिम्रा नजर मेरा लगी तरबार भएको छ॥
चुलेसीमा मुटु राखी बाँचेको छ सम्झनामा।
लाग्छ “राम”तेरो जीवन संहार भएको छ॥
“विखर्ची राम”
चितवन॥
