दौरा सुरवाल ढाकाटोपी धोती प्यारो लाग्छ
पौरखको आफ्नै कमाई रोटी प्यारो लाग्छ
मेची कोशी सगरमाथा राप्ती, नारायणी
भेरी सेती महाकाली, डोटी प्यारो लाग्छ
आशा अब छैन बाँकी सिंहासनमा बस्ने
मेरै गाउँ झुप्रे घरको कोठी प्यारो लाग्छ
जन्माएर यो संसारमा नौलो किरण छर्ने
मेरी आमा बुढी हुन या थोती प्यारो लाग्छ
श्रम सिप सिर्जिएर आफ्नै देशभित्र
पसिनाले उमारेको मोती प्यारो लाग्छ
औशीको त्यो कालो रातमा अँध्यारोलाई हर्न
जुनकिरी झैं बिखर्चीको ज्योति प्यारो लाग्छ
