Skip to content

दिनेश धरेल

मुटु भित्रै दुख्यो…..

मुटु भित्रै दुख्यो काँडा बिझेको सम्झेँ
आँशु पूरै सुक्यो माटो भिजेको सम्झेँ

सुनेको पनि हो तिमी त आफ्नै मान्छे
अब बाटै फुक्यो कोही बोलेको सम्झेँ

रगतको भन्दा त भाबनाको नाता ठुलो
जून कहाँ लुक्यो तारा जलेको सम्झेँ

हातै समातेर जङ्घार तर्न खोज्दा
पाइला नै रुक्यो छुरा रोपेको सम्झेँ

मुटु भित्रै दुख्यो काँडा बिझेको सम्झेँ
आँशु पूरै सुक्यो माटो भिजेको सम्झेँ

अर्थ खोज्दै कर्णाली ब्लुज

ऊ
देखुञ्जेल पर क्षितिजतिर
एकोहोरो टोलाइरहँदा
डाँडा मुनि ओर्लन लागेको घामजस्तै
अवश्यम्भावी विदाइको
अन्तिम पल पर्खिरहेको
कुनै चीर परिचित अनुहार
फिस्स हाँसेर

गुडिया

अनायसै पर्दा उघ्रिएछ आज
रहस्यमयी एउटा झ्यालको
हावाको हरेक झोँक्काको श्पर्शसँगै
कता कता उन्मुक्त खुलेझैँ लाग्ने
तर सधैँ विवशताको बन्धक बनेको
त्यही पल्लो घरको झ्यालको ।

आज हेर्दा हेर्दै आफै खुलेको छ त्यो पर्दा
सजाएर राखेको गुडिया छ झ्यालमा
एउटा विचित्र सँयोग हुनसक्छ यो
या त नियोजित क्रमभङ्गता
पूर्वी क्षितिजका कलेजी किरणहरूसँगै
शुरुवात विनाको यौटा कथा टुङ्ग्याएर
अन्त्यहीन नयाँ कथा आरम्भ गर्दै
मेरो सम्मुख देखिएको छ त्यो गुडिया
अझ मेरा दूरकेन्द्रीत नयनहरू
आफूतिर भरमग्दूर खिच्न खोज्दै
मौनताको भाषामा केही भनिरहेको छ मलाई ।

मैले वर्षौदेखि देखिरहेको छु उसलाई