Skip to content

टी माया राई

TMayaRai

शब्द

शब्द शब्दसँग प्रेम छ मलाई
म हरेक चिज शब्दमा देख्न चाहन्छु
शब्द छ र म छु अनि छ शब्दको संसार
म हावालाई शब्द मार्फत अचल बनाउँछु
म पानीमा शब्दलाई सुकाउँछु

म शब्दको सुगन्ध लिन्छु फुल बनाएर
म शब्द मार्फत जोडिन चाहन्छु पुल बनाएर
निलो कालो हरियो पहेँलो रातो
आहा कति राम्रो सृस्‍टिको विस्तार
म अनि मेरो शब्द तिमी मालिक म गुलाम