Skip to content

लक्ष्मण थापा

ए चुनु

ए चुनु मलाई भेट्ने चाहा हो भने
वर्ग संघर्षको मैदानमा ओर्ल
जहाँ म सहिदको सपना बोकेको छु
माक्र्सवादलाई आम्तसाथ गर्दै
सडकपेटी र झुपडीमा
वर्गचेनताका विगुलहरू पुर्याउने छु

गजलमा

रदिफ काफियाको संयोजन हुनुपर्छ गजलमा
तखल्लुसको विचार जनमा छुनुपर्छ गजलमा

रति बोक्ने गजलको धर्म हो माया प्रीतको
अन्तरमनका कथा व्यथा धुनुपर्छ गजलमा

कामुक स्त्रीले एक युवकसँगको क्रिडा

कुच खोली, नितम्ब खोली तताउन नखोज
बरफ हुँ जमेको छु तताएर अताउन नखोज

प्यारको प्याला पियाइ राख्यौ गाजलु कटाक्षले
भुत्ल्याइएको केरा बनी मलाई मताउन नखोज

कर्कलो झैं गली सकें, पल्यात पुलुत झरी सकें
गलेको तनलाई, काँपेको मनलाई सताउन नखोज

बृन्दवनमा गोपी कृष्ण के के गर्थे ह्रासलिला
कामिनी गोपी के गर्थे कालेसँग बताउन नखोज

जे जे गर्नु गरी सक्यौ, अझ के नै बाँकी छ र
गल्नसम्म गलेको ‘चिन्तन’लाई फेरी पटाउन नखोज

मल्म, बागलुङ

कुच खोली …

कुच खोली, नितम्ब खोली तताउन नखोज
बरफ हुँ जमेको छु तताएर अताउन नखोज

प्यारको प्याला पियाइ राख्यौ गाजलु कटाक्षले
भुत्ल्याइएको केरा बनी मलाई मताउन नखोज

कर्कलो झैं गली सकें, पल्यात पुलुत झरी सकें
गलेको तनलाई, काँपेको मनलाई सताउन नखोज

बृन्दवनमा गोपी कृष्ण के के गर्थे ह्रासलिला
कामिनी गोपी के गर्थे कालेसँग बताउन नखोज

जे जे गर्नु गरी सक्यौ, अझ के नै बाँकी छ र
गल्नसम्म गलेको ‘चिन्तन’लाई फेरी पटाउन नखोज

मल्म, बागलुङ

निशा पनि छिचोलेर गुण भित्रै छिरेर बसें

निशा पनि छिचोलेर गुण भित्रै छिरेर बसें
आधा रातको सन्नाटोलाई चिरेर बसें

प्रेम बाण हान्थ्यौ, कर्के नजर जुधाएर
त्यहि गुनको पैंचो आज तिरेर बसें

बाह्र गाउँ छिचोल्दा, तन पनि कुप्रि सक्यो
माया रुपी बगैचामा आज फिरेर बसें

कोके बोतल, सुडोल शरीर तिम्रो
धवलागिरी रुपी वक्षमाथि गिरेर बसें

‘चिन्तन’ गरी, मनन गरी तन पनि साटी सके
त्यहि तन आज सारङ्गी झैं भिरेर बसें

मल्म, बागलुङ

श्रद्धेय पूर्वज अमरसिंह थापाप्रति सर्मपित गजल

एकताको ध्वजा गाड्न किन अघि सर्नु पर्या थ्यो
हिमाल, पहाड तराई एक किन गर्नु पर्या थ्यो

महान नेपाल बनाउने उद्देश्य बोकी अमरसिंहले
ध्वजा गाड्दै टिस्टा नदी किन तर्नु पर्या थ्यो

आज माघे सक्रान्ति भन्छन् ….

आज माघे सक्रान्ति भन्छन् हल्का पिएर बस्याछु
कति रुग्ने आरान सँधै सुरतालमा जिएर बस्याछु

तन मन सबै फाटे, टाला टुली पनि बन्ने होइन
फाटेको तनलाई, मक्केको मनलाई सिएर बस्याछु

तन साँचे, मन साँचे, के के गर्छु भनी जिन्दगीमा
थ्री एक्स जातको सुरपान हातमा लिएर बस्याछु

रोजी रोटी, हात मुख जोर्ने आरन बन्द गरे आज
एक दिनलाई भए पनि आज सन्यास दिएर बस्याछु

‘चिन्तन’ मनन कति गर्ने जिन्दगीका पाटाहरु
कति रुग्ने आरान सँधै सुरतालमा जिएर बस्याछु
मल्म, बागलुङ

चित्कार आमाको

ए ! लालहरु ! हेर
देख्नेगरी हेर
आमाको अस्मिता लुटिएको
बदन चोक्टा चोक्टा पारि घिचिएको
माने भञ्ज्याङ, कालापानी, सुस्ता
दोख्यौ महेसपुर, जहाँ हिजो
अमरसिंह रोधी गाउँथे
डमरु भीमसेन नाचिरहेका हुन्छ
सपना बोकेर आमाको
सुन्यौ ती रोधीका सूरहरु
बुझ्ने गरी सुन
जसमा आमाको सपना थियो
पूर्ण कद, अखण्ड ग्रेटर नेपाल
अवशोच
सन्धि सन्धिमै
आमाको वदन लुटिएको छ
कद छोटिएको छ
यति बेला आमा चित्कार्दै छिन
पुकार गर्दै छन् आफ्ना लालहरुलाई
किन सुन्दैनौं
ए ! लालहरु सुन
आमाको चित्कार
विन्ति विसाएकी छन्
सलवलाई रहेका ती
ती झड्केला कपुतहरुले
डसेको, चिथोरेको, कोपरेको

उठ लालहरु,
उठाउ तरवार

हास्य गजल

मलाई त त्यो जुम्रेको माया छ
किनकी त्यसको टाउकोमा चायाँ छ

सायद त्यो भूत होकी किच्कीनी
पूर्वबाट घाम लाग्दा पूर्वै पट्टी छाया छ

स्वयम्बरका लागि मण्डवमा बसे
उसको अर्को पोइ उसकै बाँया छ

म त खप्पर फुटेको अभागि न हूँ
उसको लागि यो ज्यान सदा दाँया छ

यो त किच्किनी नै हो की क्याहो
म भूत बनि ‘चिन्तित’माया छ
– बागलुङ

काकाकुल

तृष्णाले व्याकुल
टन्टलापुर घाममा
चिच्याइरहने
ए–काकाकुल
आकासमा धेरै बादल छन्
ती सबै बादल उदार अनि
पानी वर्षाउने होइनन्
केहीले पानी पारेर
तिम्रो आँत भिजाउँछन्