Skip to content

श्रद्धेय पूर्वज अमरसिंह थापाप्रति सर्मपित गजल


एकताको ध्वजा गाड्न किन अघि सर्नु पर्या थ्यो
हिमाल, पहाड तराई एक किन गर्नु पर्या थ्यो

महान नेपाल बनाउने उद्देश्य बोकी अमरसिंहले
ध्वजा गाड्दै टिस्टा नदी किन तर्नु पर्या थ्यो

वीर नेपाली, स्वाभिमानी विशाल नेपाल बनाउन
जीउज्यान बाजी थापी किन मर्नु पर्या थ्यो

लोकतन्त्र, गणतन्त्र, के के आछ भन्छन् नेपालमा
संघीयतामा आई अमरसिंह किन हर्नु पर्या थ्यो

‘चिन्तन’ गर्ने नेता एउटा पृथ्वी थिए नेपालमा
अमरसिंह नेपालको खातिर किन मर्नु पर्या थ्यो

मल्म, बागलुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *