भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा
विगत १५ वर्षदेखि हङकङमा बसेर देश सुब्बाले भयवाद दर्शनको विकास गरिरहेका छन् । उनै देश सुब्बासित लिइएको अन्तरवार्ता—
१. देश सुब्बाज्यू तपाईलाई के भनेर बोलाउ ? दार्शनिक, कवि, उपन्यासकार वा लेखक ?
म दार्शनिक, कवि, उपन्यासकार बन्ने खोज्ने सामाग्री हुँ । बनिसकेको छुइनँ । घर बन्नलाई जग, झ्याल, ढोका, छाना, बालुवा, सिमेन्ट, काठ धेरै चाहिन्छ । बनिसकेपछि हामी घर भन्छौं । म पनि दार्शनिक, कवि, उपन्यासकार बन्ने कोसिसमा छु । बनिसकेपछि कुनै नाम आउला । वैचारिक शक्तिको हिसाबले दार्शनिक शक्तिशाली हुन्छ । दर्शन विशुद्ध विचारको कोष हो ।
