Skip to content

साहित्यिक छलफल

20200226-NandaLalAcharya-Interview

लघुकथा लेख्न दिल, दिमाग र आत्मा एकैपल्ट घुलित हुनुपर्दछ – खेमराज पोखरेल

  • by

२०७६ साल माघ २८ गते लघुकथा कुनोको नवौँ वर्ष प्रवेशको दिन हो । नेपाली आख्यानमा चर्चित हुँदै गरेको लघुकथा प्रविधाका बारेमा विशेष दक्षता हासिल गर्नुभएका र अहिले पनि नेपाली लघुकथाको उन्नयनमा रातोदिन सक्रिय खेमराज पोखरेलका कथा, कविता, निबन्धबाहेक पाँच थान लघुकथा सङ्ग्रह प्रकाशित भएका छन् ।

Read More »लघुकथा लेख्न दिल, दिमाग र आत्मा एकैपल्ट घुलित हुनुपर्दछ – खेमराज पोखरेल

अन्तर्वार्ता

अन्तर्वार्ता डा.कालुराम राईका साथ
अन्तर्वाताकार ः होम सुवेदी
‘ज्ञानगुनका कुरा’ नामक पत्रिकाको लागि सहप्राध्यापक श्री होम सुवेदीद्वारा लिइएको डा. केआर खम्बुको अन्तर्वार्ता
प्रश्न ः खम्बु सर नमस्कार !
उत्तर ः नमस्कार होम सर ।
प्रश्न ः तपाईंलाई म केही प्रश्नहरू सोध्दैछु उत्तरको अपेक्षा गर्दछु !
उत्तर ः धन्यवाद सर ! तर कस्ता प्रश्नहरू र कस्ता विषयमा सोध्नु हुने हो कुन्नि ! जानेको भए जबाफ दिन्छु । हवस् त सर अब सोध्नुहोस् !
प्रश्न ः शेषराज सिवाकोटीले ‘ज्ञानगुनका’ कुरामा तपाईंको बारे विशेषाङ्क निकाल्दै हुनुहुन्छ । यसबारे तपाईंलाई कस्तो लागिरहेको छ ?

20190909_PeshalAcharya-AshwiniKoirala

चुहिएको भाँडोमा राखिएको पानीजस्तै रहेछ, जीवन – अश्विनी कोइराला, आख्यानकार

पेआ – यहाँले आफ्नो बाल्यकालका केके कुरा सम्झनुहुन्छ ? ऊ बेला यहाँले भोग्नुभएको बालापन र आजका बालबालिकाले भोगेका बालापनमा केकस्ता पार्थक्य पाउनु भएको छ ?

अको – विराटनगरबाट १६ किलोमीटर टाढा भलुवा भन्ने मधेसी वस्तीमा म जन्मिएको हूँ । बुवा गाउँमा शिक्षक हुनुहुन्थ्यो । आफूसहित गाउँका केही शिक्षित व्यक्ति मिलेर खोलेको उक्त विद्यालयमा उहाँहरूपढाउनु हुन्थ्यो । एकप्रकारले युवा जोशमा समाज परिवर्तन गर्ने उद्देश्य थियो भन्ने अहिले आएर महसुस हुन्छ । हरेक मानिसले युवा अवस्थामा समाज पविर्तन गर्ने उद्देश्य राख्छ । सायद् बुवाको पनि त्यस्तै उद्देश्य हुनुपर्छ ।

स्रष्टा संवार्ता : मनोज बोगटी

नेपाली साहित्यमा भारतीय नेपाली साहित्यकारहरूको निकै लामो र ऐतिहासिक महत्वको योगदान रही आएको छ । अहिलेका भारतीय नेपाली साहित्यमा कालिम्पोङमा रहेर निकै क्रियाशील रूपमा कविता कर्ममा लागेर कलम चलाइरहेका कविहरूमा मनोज बोगटी उम्दा कविहरूमा पर्दछन् । सन् १९७९मा दार्जिलिङमा जन्मेका कवि बोगटीका आधा दर्जन कविता संग्रह प्रकाशित छन् । कविताकै लागि भारतीय अकादमी पुरस्कार समेत विजेता कवि बोगटीसँग साहित्यकार पेशल आचार्यले गर्नुभएको साहित्यिक महत् एवम् रागात्मक भलाकुसारीको सार ।

समयको पाइला–ध्वनि सुनेर आफूलाई हरेक बिहान अपडेट गरिराख्ने मनप्रसाद सुब्बा

१) अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा केही समानता वा असमानता छन् कि बताइदिनुहोस् न ?

मप्रसु – थोरै समानता र धेरै असमानताहरू छन् । मेरा आमा–बाबु निरक्षरप्रायः अनि पारम्परिक सोचका थिए र उनीहरूले खेती–किसानी तथा बनीबुतो गरेरै हामीलाई बढाउने–पढाउने काम गरे । मेरा छोराछोरीका आमा–बाबाहरू आधुनिक तथा समकालीन सोच राख्ने भएकाले उनीहरूको बाल्यकालमा त्यै अनुरूप प्रभाव पर्नु स्वाभाविक हो ।

20180609_PeshalAcharya-Interview

पाठक जहिले पनि फरकपन र दमदार साहित्य चाहन्छ – शीतल गिरी

नेपाली लोकवार्ता नेपालको सातौँ राष्ट्रिय सम्मेलन २०७४ साल असोज २२ गतेदेखि २९ गतेसम्म कपिलवस्तुको तौलिहवा, रूपन्देहीको बुटवल र नवलपरासीको त्रिवेणीधाममा आयोजना हुँदैछ । त्यहाँ प्रस्तुत गर्नको लागि “लोक विश्वासमा टुनामुना–मोहनी” विषयक कार्यपत्र तयार पारेँ । अब नेपाल प्रज्ञा प्रतिष्ठान दर्शन विभागको अनुसन्धान “साङ्ख्य दर्शनदेखि सत्यहाङ्मापन्थसम्म: एक विहङ्गावलोकन” को अन्तिम खण्ड “जोसमनी सन्त–परम्परादेखि सत्यहामापन्थसम्म”मा जुटेको छु । संभवत अर्को वर्ष एउटा निबन्धसङ्ग्रह पनि पाठकमाझ ल्याउने विचार बनाएको हुँदा त्यसमा पनि समय दिँदैछु ।

20180407_PrakashPoudelMaila-News-01

जापानमा तातेसिना हाइकु सङ्ग्रहको विमोचन

जापानको टोक्योमा एक भव्य समारोहको बीच ‘तातेसिना हाइकु सङ्ग्रह’ को विमोचन गरिएको छ । जापानमा लोकप्रिय रहेको हानामी पर्व (साकुरा फूल हेर्ने पर्व)को अवसर पारेर यही अप्रिल १ गते हाराज्युकु पार्कभित्र गरिएको विमोचन कार्यक्रममा दर्जनौ स्रष्टाहरुको उपस्थिति रहेको थियो ।

20171226_PeshalAcharya-BimalBhaukajiInterview

विमल भौकाजीसँग छलफल

‘जीवन समाप्त नभएसम्म जिन्दगीको दौडमा धेरै चीज छुटिरहन्छन् ।’

‘बाँच्न जाने जीवन भनेको उत्सव रहेछ ।’

‘धार्मिक क्षेत्र, कला–संस्कृतिमा पनि विकृति छ । सही, सत्य हुनु भनेको आजको समाजको नकारात्मक पक्ष भएको छ । जो धूर्त छ, जो पाखण्डी छ, जो बेइमान् छ, जो दूराचारी छ, जो भ्रष्टाचारी छ उही नै इज्जतदार कहलाइन्छ । सायद यसैको लहैलहैमा साहित्य क्षेत्र पनि अनुसरित छ ।’

– विमल भौकाजी, लेखक/सम्पादक

20171212_PeshalAcharya-MaheshPrasai

बत्तीस प्रश्न : कवि महेश प्रसाईंलाई

१) जीवनको करिबकरिब उत्तरार्धतिर पुग्नै लाग्दा भोगाइ, प्राप्ति र पीडाका विम्बमिश्रित ‘लेन्स’हरूले सुदूर बाल्यवस्थालाई हेर्दा कस्तो देखिँदो हो, तपाईंका आँखाबाट ?

– बाल्य जीवनका सुमधुर स्मृतिहरू अलौकिक आनन्दमा रुपान्तरण हुँदा रहेछन् । मीठो र अमूल्य वस्तु खोसिएको अनुभव हुँदो रहेछ । भोगाइ भन्ने सन्दर्भचाहिँ उकाली र ओह्राली गरिरहने निरन्तरको एउटा प्रकृया हो जो दोछायाँ बनेर प्रकट भइरहन्छ, जीवनको दसगजामा । कहिले प्राची, कहिले गोधूली, दुवै प्रकारको अनुभूति फरकफरक कालखण्डमा प्रकट भइरहँदा एकप्रकारले दर्दमय सुख प्राप्त हुने रहेछ ।

गीत र कविता दिदी बहिनी हुन्, म दिदीलाई मस्तिष्कबाट र बहिनीलाई मुटुबाट प्रेम गर्छु – पेशल आचार्य

साहित्यमा औधी रूचि राख्ने पेशल आचार्य रामेछापका वरिष्ठ नेपाली भाषा शिक्षक हुन् । उनी मन्थलीस्थित मन्थली उमाविका सहायक प्राचार्य र मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका उपप्राध्यापक समेत हुन् ।

समाजमा पच्ने खालको कलात्मक यौनको उपस्थिति सारै मन पर्छ – पेशल आचार्य

२०२३ साल साउन १५मा मोरङ, विराटनगरमा पिता श्याम आचार्य र माता शोभा आचार्यका तीनभाइ छोराहरूमध्ये जेठा छोराका रूपमा जन्मनु भएका पेशल आचार्य रामेछाप जिल्लाका पुराना भाषा शिक्षक, क्रियाशील कवि, लेखक, निबन्धकार, भूमिकाकार, कथाकार र प्रशिक्षक समेत हुनुहुन्छ ।

20160410_KumarYatri-interviewPeshalAcharya

साहित्यको बजारवाद हुनु पर्छ तर बजारवादले साहित्यलाई प्रभाव पार्नु हुँदैन – पेशल आचार्य

साहित्यमा अगाध रूचि भएरै पनि जीवन बाँच्नका लागि पेसाले शिक्षक र प्राध्यापक पेशल आचार्य रामेछाप जिल्लाका पुराना नेपाली भाषा शिक्षक हुन् । उनी मन्थलीस्थित मन्थली उमाविका सहायक प्राचार्य र मन्थली शहिद स्मृति बहुमुखी क्याम्पसका उपप्राध्यापक समेत हुन् । अब्बल अध्यापन गरेबापत् २०६८ सालमा शिक्षा क्षेत्रको ‘राष्ट्रिय शिक्षा पदक’ र साहित्यका विभिन्न ६ वटा राष्ट्रिय पुरस्कार र सम्मानपत्र प्राप्त गर्न सफल आचार्य विगत् ३६ वर्षदेखि कथा, कविता, गीत, मुक्तक, हाइकू र आत्मपरक निबन्धमा गतिशील कलम चलाइरहेका छन् । उनका बाल साहित्यका ५ र प्रौढ साहित्यका १ गरी ६ वटा कृतिहरू यसअघि प्रकाशित भैसकेका छन् भने अब यसपछि विविध विधाका ६ वटै कृतिमा यिनी एकसाथ काम गरिरहेका छन् ।

कला भित्र त्रिमूर्ति हुन्छ नाम, इनाम र इज्जत – निराजन खत्री

रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नं. ५का स्थायी वासिन्दा पिता हर्कबहादुर खत्री माता राधिका खत्रीको कोखबाट वि.सं २०४८ असार २७ गते जन्मनुभएका उदीयमान कलाकर्मी निराजन खत्री नेपाली गायन, कोरियोग्राफर र म्युजिक भिडियोका चर्चित कलाकार हुनुहुन्छ । रामेछापमा आफ्नो नयाँ गीत ‘केस झरेर फुरूरू’ को प्रमोसनका सिलसिलामा आएका बेला वहाँसँग हाम्रा सहयोगी साहित्यकार पेशल आचार्यले लिनु भएको रोचक र घोचक अन्तर्वार्ताको सम्पादित अंश ।

भाषा लोपोन्मुख हुनबाट बचाउन बच्चा बच्चीलाई आफ्नो भाषा बोल्न लगाउनै पर्छ

भाषाबिज्ञ तथा भाषा सम्बन्धी एक सम्मेलनको लागि क्यालिफोर्निया तथा अतिथि वक्ताको रुपमा डिसीमा सहभागी भैसक्नु भएका नारायण प्रसाद शर्मा (विद्या वारिधि) केही समयदेखि अमेरिकाको भ्रमणमा हुनुहुन्छ ।

20160103_PeshalAcharya-AshokSubediChhalfal

साहित्यकार अशोक सुवेदीसँगको साहित्यिक छलफल

जीवन बुझ्ने र गुजार्ने मात्र होइन, चुनौतीपूर्ण यात्राका साथ सार्थक ढङ्गले जिउने कला पनि हो । चुनौतीरहित जीवन गनाउने आहालजस्तो मात्र हो, चुनौतीसहितको जीवन छङ्छङ बग्ने खोला वा झरनाजस्तो हो । छङ्छङाउँदै बग्ने जीवन नै यत्रतत्र थुप्रिएका फोहोरका डङ्गुरहरूलाई बगाउने र रूपान्तरित गर्ने क्षमता राख्छ । निरन्तर र अविरल प्रवाहमा बग्ने जीवन नै सफा, स्वच्छ र उपयोगी हुन्छ ।

20151226_PeshalAcharya-DamodarPudasainiInternview

‘जीवन बुझिरहने हो’ –दामोदर पुडासैनी ‘किशोर’

दामोदर पुडासैनी ‘किशोर’ चर्चित साहित्यकार हुनुहुन्छ । सं. २०१९ जेष्ठ १८ गते काठमाडौँको जितपुरफेदीमा जन्मिएका पुडासैनी पेसाले महालेखा परीक्षकको कार्यालय, बबरमहलका निर्देशक हुनुहुन्छ । कथा, कविता, निबन्ध, नियात्रा, गजल, हाइकुजस्ता विधाहरूमा सिद्धहस्त दामोदर पुडासैनीका ‘आफन्तका अनुहारहरू’, ‘आँखाको खोजीमा’, ‘आकारको खोजीमा’, ‘आलोकित आयाम’, र ‘समयको सहीछाप’ जस्ता कविता सङ्ग्रहहरू अत्यन्त चर्चित रहे । अँझ सं. २०६५ सालमा प्रकाशित उहाँको नियात्रा सङ्ग्रह —‘यात्राका प्रेमिल तरङ्गहरू’ र सं. २०७० सालमा रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको अर्को नियात्रा संग्रह —‘नमेटिएका चित्रहरू’ले नेपाली नियात्रा लेखनमा बिल्कुलै नयाँपन ल्याएका छन् तथा दिनानुदिन चर्चाको शिखर चढिरहेछन् ।

DeshSubba-04

भयवाद विश्वको कान्छो र नौलो दर्शन हो – देश सुब्बा

विगत १५ वर्षदेखि हङकङमा बसेर देश सुब्बाले भयवाद दर्शनको विकास गरिरहेका छन् । उनै देश सुब्बासित लिइएको अन्तरवार्ता—

१. देश सुब्बाज्यू तपाईलाई के भनेर बोलाउ ? दार्शनिक, कवि, उपन्यासकार वा लेखक ?

म दार्शनिक, कवि, उपन्यासकार बन्ने खोज्ने सामाग्री हुँ । बनिसकेको छुइनँ । घर बन्नलाई जग, झ्याल, ढोका, छाना, बालुवा, सिमेन्ट, काठ धेरै चाहिन्छ । बनिसकेपछि हामी घर भन्छौं । म पनि दार्शनिक, कवि, उपन्यासकार बन्ने कोसिसमा छु । बनिसकेपछि कुनै नाम आउला । वैचारिक शक्तिको हिसाबले दार्शनिक शक्तिशाली हुन्छ । दर्शन विशुद्ध विचारको कोष हो ।

स्रष्टा संवार्ता स्रष्टा खगेन्द्र गिरी कोपिलासँग

आजका बालबालिकाहरूको सपनाको संसार फराकिलो छ । विपनाको धरातल पनि रंगीन छ । उतिखेरको हाम्रो बाल्यकाल आध्यात्मिक र प्राकृतिक परिवेशले ओतप्रोत थियो, प्रेमिल थियो, सामाजिक थियो । आजका बालबालिकाहरू प्रतिष्पर्धाको भुङ्रोमा जल्दै जीवनको गोरेटो पहिल्याउन अभिशप्त छन् । आजका बालबालिकाहरूलाई भौतिकवादी परिवेशले थिचेको छ ।

धेरै लेखकहरूलाई

मैले मझेरीमा प्रवेश गरेको करीब ६ महिना भयो ।

यहाँ लेख रचनाहरु छपाउने कतिपय मित्रहरुले तलका अक्षर नचिनेको देखियो ।

विद्युत देख्दा
बिधुत लेखिएको भेटिन्छ

विद्या लेख्दा
विधा लेखेको पाइन्छ ।

विद्याधर लेख्दा
विधाघर लेखेको पाइन्छ ।

उद्देश्य लेख्दा
उधेशेय लेखेको पाइन्छ ।

अतः द्य ध द्द घ जस्ता अक्षरहरु धेरैले चिनेका हुँदा रहेनछन्।

अरु केही नचिने पनि देवनागरीका सबै वर्णहरु चिन्नुपर्ने सुझाव छ मेरो ।

स्रष्टा वार्ता – जयबहादुर घिमिरे

१) अहिलेका आफ्ना छोराछोरीको बाल्यकाल र आफ्नो बाल्यकालमा केही समानता वा असमानता छन् कि बताइदिनुहोस् न ?
समानताको हकमा बालमनोविज्ञान पक्षका धेरै कुराहरूमा समानता छन् । चेतनाको हकमा वर्तमान युगका बालकहरू सुचना प्रविधिको विकासको कारण बढी चेतनशिल छन् । तर नैतिक शिक्षाको हकमा आफूभन्दा मान्यजन प्रतिको आस्था, देश प्रतिको नैतिक जिम्मेवारीको हकमा वर्तमान पिढिको अवस्था अत्यन्त दयनीय देख्छु म त ।