Skip to content

पथ्र्योदास

गजल (जब हृदयलाई केहीले डस्छ)

जब हृदयलाई केहीले डस्छ नजानी नजानी
अनि आँखाबाट आँसु खस्छ नजानी नजानी

भो अब छाती पोलेको गुनासो गर्दै नगर
भनेकै थिए दिलमा ऊ बस्छ नजानी नजानी

यो शहरबाट

ए मेरी प्रियसी
तिमीले जस्तै
यो मरुभूमिको शहरमा
अभावका सिउड़ीहरू ओछ्याएर
र चिसो चुल्होमा
सपनाहरू सेकाएर
म ओयेसिस बाचिरहेछु
खोकिलामा च्यापेर
आशाका केही हरिया
स्परोगाइराहरू ।

गजल

अलिकति क्षमता,अलिकति आश मिसाईदियो भने
फल्नेछ सुन पाखुरीमा विश्वास मिसाईदियो भने

देख्नेछौ कसरी पुरै समुन्द्र पिउँछ मान्छे
पानीमा पनि मदिराको प्यास मिसाईदियो भने

थियो , सायद यो संसार अर्कै हुने थियो
आँसुमा पनि थोरै उल्लास मिसाईदियो भने

थाहा हुनेछ,कसरी पोल्छ मुटु,बर्सिन्छ आँसु
छातीमा बादल आँखामा आकास मिसाईदियो भने

Pathryodash

कवि भट्टी र फूल

इतिहास,आँसु

दरिद्रता कटकटिएको
दुब्लो मैलो
पुरानो कुष्ठरोगीझैँ
शहरभन्दा टाढा
छाउपडित भट्टीमा
क्षयरोगी टिनको खोपाबाट
माटोको घैलामा
फर्मेंन्टेड अल्कोहल खन्याएर