Skip to content


ए मेरी प्रियसी
तिमीले जस्तै
यो मरुभूमिको शहरमा
अभावका सिउड़ीहरू ओछ्याएर
र चिसो चुल्होमा
सपनाहरू सेकाएर
म ओयेसिस बाचिरहेछु
खोकिलामा च्यापेर
आशाका केही हरिया
स्परोगाइराहरू ।

हावाका झोक्कहरूमा
बनोटको architecture
बदल्ने, अस्थिर
बालुवाका डिस्काहरू जस्तै
दिनको पुर्वान्न
र अपरान्हमा
आशाको थिएटरभरि
विश्वासको पार्श्व
दृश्य परिवर्तन भैरहन्छ
र मेरी प्रियसी
यो मरुभूमिको शहरमा
पूर्वको शिशु किरण
तुवालो भित्र
निस्सासिएर
अस्वस्थ हुर्कन्छ ।

उष्ण गर्मीको धुपमा
भूमिगत जीवहरू
क्षित्तिजको गगनमा
जुन र सूर्य

खोट्याउदैनन्

अँध्यारोको इलुजनमा
दैवी संभावनाको
सिरानी हालेर
गुमनाम निदाउछन
ए मेरी प्रियसी
यो मरभूमिको शहरमा
तातो बालुवाको
हरिकेनमा सपनाहरू देख्ने
परेलीहरू बिझाउछन र
नानीहरू ढाकिन्छन्।

अब बताउ प्रियसी
तिमीलाई म के लेखु
डढेर चारकोल कंकालहरू
पीडा खपेको
आग्नेय छाती
सेती बगेका आँखाहरू
सपनाहरूको
खण्डहर भग्नाबशेष
र निर्जन चित्कार बाहेक
तैपनि
म ओयेसिस बाचिरहेछु
खोकिलामा च्यापेर
आशाका केही हरिया
स्पोरोगाइराहरू ।

2 thoughts on “यो शहरबाट”

Leave a Reply

Your email address will not be published. Required fields are marked *