Skip to content

गजल (जब हृदयलाई केहीले डस्छ)


जब हृदयलाई केहीले डस्छ नजानी नजानी
अनि आँखाबाट आँसु खस्छ नजानी नजानी

भो अब छाती पोलेको गुनासो गर्दै नगर
भनेकै थिए दिलमा ऊ बस्छ नजानी नजानी

तिम्लाई लोग्ने लाटो परेर केनै भयो ?
बढुवा हुन ठाउँमा तेल घस्छ नजानी नजानी

खान नपुगेको बिहान यो गजलकारले पनि
पासपोर्टसँगै झिटीगुन्टा कस्छ नजानी नजानी

जब भगवानले पनि यो पथ्थरको संगत गर्छ
साँझमा ऊ पनि भट्टी पस्छ नजानी नजानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *