प्रकृति पाण्डे
हार खाएँ
जिन्दगी संग आज फेरि
दोस्रोपटक हार खाएँ
संघर्षको कुरुछेत्रमा
अपमानको प्रहार पाएँ
आँखाको कसिङ्गर बगाउन सायद
आज आँशु उपहार पाएँ
आफैंभित्रको निष्क्रिएता मा
खुशि मास्ने उपचार पाएँ
जिन्दगी संग आज फेरि
दोस्रोपटक हार खाएँ ॥
आशाका तरङ्गहरु
छितिज पारि बिलिन भए
उत्साहका नवरङ्गहरु
आँशु पुछ्न तल्लिन रहे
आँधी संगको संघर्षमा
पालुवाहरु नै लाचार भए
देख्दा देख्दै मुस्कानहरु
अस्रुभेल संगै बग्दै गए
हेर्दा हेर्दै छितिज पारि
आफैंलाई बेहोसि पाएँ
जिन्दगी संग आज फेरि
दोस्रोपटक हार खाएँ
संघर्षको कुरुछेत्रमा
अपमान को प्रहार पाएँ!!

हाँस्ने क्रममा हिजोसम्म दाँतहरू देखाएथेँ