Skip to content

प्रकृति पाण्डे

ब्यर्थै

हाँस्ने क्रममा हिजोसम्म दाँतहरू देखाएथेँ
जीवन बाँच्नेहरू मध्ये आफ्नो नाम लेखाएथेँ

तर आज अनायासै मौसम खग्रास बन्न थाल्यो
ब्यर्थै फूल सम्झी मैले काँडाहरू सजाएथेँ

हार खाएँ

जिन्दगी संग आज फेरि
दोस्रोपटक हार खाएँ
संघर्षको कुरुछेत्रमा
अपमानको प्रहार पाएँ
आँखाको कसिङ्गर बगाउन सायद
आज आँशु उपहार पाएँ
आफैंभित्रको निष्क्रिएता मा
खुशि मास्ने उपचार पाएँ
जिन्दगी संग आज फेरि
दोस्रोपटक हार खाएँ ॥
आशाका तरङ्गहरु
छितिज पारि बिलिन भए
उत्साहका नवरङ्गहरु
आँशु पुछ्न तल्लिन रहे
आँधी संगको संघर्षमा
पालुवाहरु नै लाचार भए
देख्दा देख्दै मुस्कानहरु
अस्रुभेल संगै बग्दै गए
हेर्दा हेर्दै छितिज पारि
आफैंलाई बेहोसि पाएँ
जिन्दगी संग आज फेरि
दोस्रोपटक हार खाएँ
संघर्षको कुरुछेत्रमा
अपमान को प्रहार पाएँ!!

म तिम्रो काम आएँ

मेरो नाम बद्नाम गर्यौ किन
के बिराएँ के गल्ती भयो भन
हाँसोको पात्र बनाइ छाड्यौ
साथि संगीहरू माझ
मलाई औंल्याएर ितमीले
भन कतिलाई हँसाएउ आज?
जे गर्यौ ठीकै छ
म तिम्रो काम त आएँ
तिमीले हाँस्ने बाहाना पायौ
मैले भुल्ननसक्ने उपहार पाएँ
जे गर्यौ ठीकै छ
म तिम्रो काम त आए ँ ॥

PrakritiPandey

कसलाई सोधुँ ?

मन टोलाएको किन हो .
आँखा लोलाएको किन हो
कसलाई सोधुँ मस्तिष्कले
प्रत्येक पल केलाएको किन हो ?
सफलताको शिखरमा पनि
खुसी वैलाएको किन हो?