Skip to content
PrakritiPandey


मन टोलाएको किन हो .
आँखा लोलाएको किन हो
कसलाई सोधुँ मस्तिष्कले
प्रत्येक पल केलाएको किन हो ?
सफलताको शिखरमा पनि
खुसी वैलाएको किन हो?
कहिले एक्लै हाँसु जस्तो
कहिले एक्लै नाचु जस्तो
कहिले भने हाँसो खुसी
अर्को जुनीलाई साँचु जस्तो
यसरी जिजीविसा सेलाएको किन हो ?
कसलाई सोधुँ मस्तिष्कले
प्रत्येक पल केलाएको किन हो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *