मेरो नाम बद्नाम गर्यौ किन
के बिराएँ के गल्ती भयो भन
हाँसोको पात्र बनाइ छाड्यौ
साथि संगीहरू माझ
मलाई औंल्याएर ितमीले
भन कतिलाई हँसाएउ आज?
जे गर्यौ ठीकै छ
म तिम्रो काम त आएँ
तिमीले हाँस्ने बाहाना पायौ
मैले भुल्ननसक्ने उपहार पाएँ
जे गर्यौ ठीकै छ
म तिम्रो काम त आए ँ ॥
