मेरो निन्द्रा अनि देशको चिन्ता
दुईजना साथीहरू ओच्छ्यानमा ल्याप्टप र मोबाईलमा व्यस्त भएको बेला भितामा झुन्डिएको घडीमा रातको १०:१५ भएको छ । भित्तामा झुण्डेको घडीको एकोहोरो टिकटिक आवाजलेले मेरो मनमा अनेक कुरा खेल्न थाले । खाना खाइयो अब पल्टिनुपर्ला जस्तो छ, बहिर जाउँ भने पनि कता जानु, गर्मी छ । यो फेसबूक पनि कति चलाउनु । विदेश आएको पनि ३ वर्ष पूरा हुन लाग्यो । दसैं पनि नजिक आउँदैछ, नेपालमा भएको भए कति रमाइलो हुन्थ्यो । यहाँ त खाली काममात्र, बिहान चाँडै उठेर कार्यालय गयो, ४ घण्टा काम गरेर कोठामा आएर खान खाएर सुत्यो, अनि फेरि एकैक्षणमा कार्यालय जाने समय भइजान्छ । दिनमा दुईपटक कार्यालय, दुईपटक खाना अनि दुईपटक सुत्नेबाहेक अरू कुनै काम छैन यहाँ ।
