फुक्काफाल जिन्दगी, मनमौजी दशैं
स्मृति र विस्मृतिका मधुर सुनामीमा फँसेको छु-म यतिखेर।
म बीसको दशकमा मोरङमा जन्मिएको हुँ। औंलाको तरानले भर्खरभर्खर मुक्ति पाएका बेला पहाडबाट मधेश झरेका बूढापाकाहरू ऊ बेलामा भन्थे, ‘मोरङमा एक रूपैयाँको अन्नले बाँचुन्जेल खान र मरेपछि किरिया गर्न पुग्छ।’ यसो किन भनियो होला? पछिसम्म पनि गहिरिएर सोच्थेँ, म।
