कुटिल चालहरू चालिन्छन धनप्रसाद लामिछाने गजल by editorMarch 29, 2014कुटिल चालहरू चालिन्छन क्रुद्ध हुन्छु मँ, पवित्र बिचार दबाइन्छ अबरुद्ध हुन्छु मँ सम्हालिन्छु, सहन्छु, त्याग नै महानता हो रे असहज शान्ति भित्र बाध्य बुद्ध हुन्छु मँ सेवा, धर्म, मानवता, सत्कर्मका कुरा हुन्छन्, पत्याउछु भावनामा बग्छु, आबद्ध हुन्छु मँ