कुटिल चालहरू चालिन्छन क्रुद्ध हुन्छु मँ,
पवित्र बिचार दबाइन्छ अबरुद्ध हुन्छु मँ
सम्हालिन्छु, सहन्छु, त्याग नै महानता हो रे
असहज शान्ति भित्र बाध्य बुद्ध हुन्छु मँ
सेवा, धर्म, मानवता, सत्कर्मका कुरा हुन्छन्,
पत्याउछु भावनामा बग्छु, आबद्ध हुन्छु मँ
आडम्बरीहरू नाम्, दामका प्यासीहरू सल्बलाउछन,
प्रयोग हुन्छु तर अवसरबाट सधै रद्ध हुन्छु मँ
स्वार्थी सन्सार, स्वार्थी मान्छेहरू, जाली-झेलीहरू,
दलदल दुर्गन्धभित्र कसरी शुद्ध हुन्छु मँ ?
धन प्र. लामिछाने
