Skip to content

दिवाकर प्यासी

“सन्ध्या” नेपाली साहित्य जगतमा बिल्कुलै एक नँया प्रयोग

गजल विधालाई सुनौलो र सुन्दर रुपमा व्यक्त गर्न पोक्त गजलकार जे.एन दाहाल भर्खरै एउटा नँया कृति “सन्ध्या” (गजल काव्य) लिएर नेपाली साहित्य जगतमा उपस्थित भएका छन्। गजल विधामाथि आफ्नो कलात्मक सिल्प देखाउँदै उनले कृति प्रकाशनमा ल्याएका छन्। यस अघि पनि सामूहिक रुवाई संग्रह “त्रिकोण” प्रकाशित गरिसकेका दाहाल युवा वर्गका एक उदाहरणीय सर्जक हुन्।

लुटेर प्यारमा मनै

गजल

लुटेर प्यारमा मनै नटार सानु ए तिमी
बनेर ढुक्ढुकी यहाँ नहार सानु ए तिमी

छुटाइ कल्पनाहरू बगेर भावमा सधैं
मलाइ प्रेममा कठै नपार सानु ए तिमी

रहेर बैगुनी दिलै कहाँ छ भावना ठुलो
दुखाइ मूटु यो यता नफार सानु ए तिमी

भिजेर चाहना जहाँ बगाइ लान्छ जीन्दगी
रित्याइ आँसुमा पिडा नझार सानु ए तिमी

(छन्द:पञ्चचामर)