Skip to content

लुटेर प्यारमा मनै

गजल

लुटेर प्यारमा मनै नटार सानु ए तिमी
बनेर ढुक्ढुकी यहाँ नहार सानु ए तिमी

छुटाइ कल्पनाहरू बगेर भावमा सधैं
मलाइ प्रेममा कठै नपार सानु ए तिमी

रहेर बैगुनी दिलै कहाँ छ भावना ठुलो
दुखाइ मूटु यो यता नफार सानु ए तिमी

भिजेर चाहना जहाँ बगाइ लान्छ जीन्दगी
रित्याइ आँसुमा पिडा नझार सानु ए तिमी

(छन्द:पञ्चचामर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *