Skip to content

कालिकोटे अनिश

हुनुपर्छ

गजल

सफल हुन कामको तलतल हुनुपर्छ
एक दिन मात्र होइन हरपल हुनुपर्छ

तिम्रो हर शब्द बिक्ने छ किनिनेछ
पहिले कुनै क्षेत्रमा अब्बल हुनुपर्छ

काठको घरमा कोइला जलाउनु भए
माटो कै किन नहोस् मक्कल हुनुपर्छ

दुखले सिकाउछ धर्तिमा जिउने कला
हिलोमा फुल्दै हास्ने कमल हुनुपर्छ

तिमी अरुको कुरा काट्दै किन हिड्छौ??
आफू भित्रको चरित्र असल हुनुपर्छ

picture-9768

सडकमा

जब उर्ल्यो जनलहर बोकी पिर सडकमा
बनाई जलाईयो पुत्ला र तस्वीर सडकमा

केही बदल्नु छ भन्दै लड्दा लड्दै दिनरात
भोग्दै दमन कतिले त्यागे शरीर सडकमा

अनुमति

तिम्रो दिलको कुना कुना पस्ने अनुमति दिन्नौ के?
यो अधरले त्यो अधर डस्ने अनुमति दिन्नौ के?

यसै त राम्री तिमी, भिजेर आइ छौ वार्सातमा
वर्षात बनी तिमी माथि खस्ने अनुमति दिन्नौ के?