जब उर्ल्यो जनलहर बोकी पिर सडकमा
बनाई जलाईयो पुत्ला र तस्वीर सडकमा
केही बदल्नु छ भन्दै लड्दा लड्दै दिनरात
भोग्दै दमन कतिले त्यागे शरीर सडकमा
झिनो आशा बोकी शासक गल्दै गलेन सुरुवातमा
भो देश तिम्रै भनी टेक्यो घुडा आखिर सडकमा
मनाइयो खुशियाली गरियो अवीर जात्रा
तोडेपछि निरंकुशताको जन्जिर सडकमा
हाम्रो देश हाम्रै हातमा आएको छ पालो हाम्रै
अब कोर्नु नपरोस् देशको तक्दिर सडकमा
