तिम्रो दिलको कुना कुना पस्ने अनुमति दिन्नौ के?
यो अधरले त्यो अधर डस्ने अनुमति दिन्नौ के?
यसै त राम्री तिमी, भिजेर आइ छौ वार्सातमा
वर्षात बनी तिमी माथि खस्ने अनुमति दिन्नौ के?
झल्झलाउदो तिम्रो मुहार, सारा ज्योति बोकि हिंड्छौ
अधेरी रात तिमीसङ्गै बस्ने अनुमति दिन्नौ के?
योवनको मन्दिरमा, तिम्रो पुजारी हुने मन छ
मेरा हातले ती कम्मर कस्ने अनुमति दिन्नौ के?
नानी मनले के सोच्छ, दोधारमा नपार्नु मलाई
तिम्रो बैँस अनिशलाई धस्ने अनुमति दिन्नौ के?
